कोरियामा बॉसै बॉसको शहर,नेपालीको रहर

650

तँपाई जन्मेर बाल्यकालमा कोर्कोमा मच्चिनु भयो।विवाह मण्डपमा(जग्गिया )चाम्दानी चढेर जीवनसाथिको यात्रामा रमाउनु भयो।जिन्दगिको अन्तिम यात्रा चिता सम्मका आरोह अवरोहको साथि नभई नहुनि बोट बिरुवालाई चिन्नु भयो?हर चिज बस्तु बनाउन सकिने बॉसको बारेमा जानाकार हुनुहोस।अझ राम्ररी चिन्नुहोस।खोल्सा खोल्सिको पहिरो नियन्त्रण मात्रै होईन यो हाम्रो सुख संवृधिको आधार पनि हुन सक्छ? बुझ्नुहोस।

नेपालमा कृषि र पर्यटनका नारा सुनिन्छ।कृषि र पर्यटनका नाममा महोत्सव गरिन्छ।एक गॉउ एक उत्पादनका पावरपोईन्ट प्रिजेन्टेशन गरिन्छ।कृषि बिज्ञहरुले प्रपोजल र रिपोर्टका ठेली तयार पार्छन।गॉउमा समुह गठन गरेर चिया बिस्कुटकै भरमा किसान जम्मा पारेर आफ्नो दुनो सोज्याउने बाहेक सरकारी तथा गैरसरकारी निकायबाट तातोभुत्लो केहि हुन सकेको छैन।

एकादुई आफ्नै मिहेनत र पसिनाले उँभो लागेका किसानलाई छेउलोप्रो चटाएर गुनगान गाउन लगाउने,उनिहरुको तलव देखि अनुगमनका भत्ता पचाईदिने मात्र नभई स्थलगत अनुगमनमा आउने स्वदेसि तथा बिदेसिलाई आफ्नो जीवनस्तर उकासिएको तितो ऑफैलाई भतभति पोल्ने झुटो बयान वकल्न बाध्य छन किसानहरु।

जॉहा जे उत्पादन हुन्छ त्यसको पकेट क्षेत्र निर्धारण गरेर व्यवशायिक बृहद योजना बनाएर त्यो क्षेत्रको दिगो बिकास र संवृधिको सपना साकार पार्न सकिने रहेछ।त्यसको लागि कृषिलाई पर्यटन सँग जोडेर मात्र संभव हुने रहेछ।स साना तर महत्वपुर्ण कृषि उद्यमलाई प्रोत्साहन नगरी कसरी सुखि नेपाली संवृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ?

कृषि र पर्यटनलाई कसरी जोडने? स्थानिय भुगोलको समुचित उपयोगद्वारा कसरी जनताको सामाजिक आर्थिक बिकास गर्नि?कतै उत्पादित बस्तुको बहुआयामिक पक्षकोबारेमा राष्ट्रिय अन्तराष्ट्रिय पहिचान त हुदैन?यिनै सेरोफेरोमा कोरियाको एउटा गॉउको सफलताको कथा हाम्रा लागि महत्वपुर्ण हुन सक्ने भएकोले यथार्थ प्रस्तुत गरेको छु।
दक्षिणकोरियाको राजधानी सउलबाट ४सय किमि दक्षिण पुर्व टाढा जलनाम्दो प्रदेस अन्तर्गत एेतिहासिक महत्वको खुवान्जु भन्ने शहर छ।त्यसको नजिकै थामयाङ(damyang)भन्ने गॉउपालिका छ ।सानो तर बहुत रमणिय शहर थामयाङलाई बम्बो सिटीको नामले चिनिन्छ।किनकि यॉहा पुरै पाहाडमा अरु केहि नभई बॉस मात्रै छ।सडक किनारा या पार्क जॉहातँयहि बॉसका बिरुवाले सिँगारिएको छ।स्वदेसि तथा बिदेसि पर्यटक बॉसैबॉसको पाहडमा अवस्थित बम्वोपार्कमा प्रतेक दिन घुँईचो लागेको देखिन्छ।बॉसलाई कोरियन भाषामा थेनामु भनिन्छ।

टिकट काटेर प्रवेश गर्नुपर्ने यो पार्कमा प्राय युवा युवती र बिद्यार्थिहरु घुमिरहेका देखिन्छन।पार्क नजिकै अवस्थित सानो खोलाको तिरमा रहेको शहर पुरै बॉसमा आधारित कलात्मक छ।पानीका धारो बॉसबाट कलकल बग्छ।भॉडाकुँडा बॉसका मात्र छैनन कुर्चि टेवल पनि बॉसकै छन।बॉसका तामाका बिभिन्न परिकार मात्रै होईन बॉसकै रक्सि बॉसकै भॉडामा पाईन्छ।बॉसका साईकल,अटो रिक्सा चढेर खोला तिर बिहार गर्न सकिन्छ।खोलामा बॉसकै डुँगा,स्टिमरहरुमा बालबालिका रमाई रहेका हुन्छन।बजारमा पुरै बॉसका बिभिन्न घरायसि कलात्मक समानले सजिएका पसलहरु छन।

बुढापाकाले बाँसको हुँदैन हलो अरु सवै भलो भन्थे।कोरियामा बॉसको हलोले जोतेको पनि देखियो।हाम्रोमा बाँसको गाँज भयको बारीलाई बाँस्वारा भन्ने चलन थियो।मैले पुरै पाहाड बाँसको अनि विभिन्न कलात्मक बस्तु देखि बाँसलाई कोरियाका नागरिक र सरकारले गरेको सम्मान देख्ने शैाभाग्य प्राप्त भयो।बाँसैबाँसको शहर थामयाङ नजिकै काम गर्नी भएकोले अन्तरास्ट्रिय बाँस महोत्सव २०१५नजिकबाट नियाल्ने अवसर प्राप्त भयो।त्यसमा नेपालका बॉसका कलात्मक बस्तुको समेत स्टल राखिएको थियो।हरेक बर्ष थामयाङ महोत्सव ३ दिन सम्म संचालन हुने गर्दछ।
बॉसकै धारो बॉसैको पँधेरो तँपाई हेरेर एकोहोरै टोलाउन सक्नुहुन्छ,जता हेर्यो बॉसैको बन देखेर डुलिरहेको आफ्नो मन बहलाउन पनि सक्नु हुन्छ।सरुख न घॉस ,न तामा नबॉस,न सम्म गरा,न पाखा पखेरा,जरा टुप्पा ,ऑख्ला न सुप्ला ,न हरियो न सुकेको सवै काम लाग्नी बॉस खेति गरेर मनग्गे आम्दानी लिन ढिलो गर्नै हुदैन।

अझ गज्जव कुरा के छ भने बॉस संवन्धि अध्ययन अनुसन्धानमा रुचि भएका बिद्यार्थि पढने अन्तराष्ट्रिय प्राविधिक कलेज,बॉस संग्रालय,स्टेडियम र आकर्षक पुल समेत छन।
कोरियामा त मानिसले डिजाईन गरेर अति मिहेनतले यो चमत्कारिक बिकास गरेको हो।नेपालका तराई पाहाड हिमालमा बिभिन्न प्रजातीका बॉस कम मिहेनतमै फालिएको जमिनमा भैरहेका छन।नेपालीहरुको स्वावलम्वी जीवनयापनमा बॉस अभिन्न साथि हुदै आईरहेको छ।तर बिगत केहि समयदेखि बॉसबाट निर्मित बस्तु उत्पादनमा नँया पुस्ता बेखवर जस्तै छ।दुर्भाग्य यति उपयोगि बाँसको भाटा प्रयोग गरि नेपालमा मान्छेले मान्छे मारेको खवरले मर्माहत बनाउँछ।

कृषिको एउटै उत्पादनको व्यवसायिक क्षमता अभिबृध्दीले कसरी सुखि र संपन्न बनाउन सक्छ?कृषिलाई कसरी पर्यटन सँग जोडने भन्ने नेपालीको रहरलाई कोरियाको बॉसैबॉसको शहर थामयाङ नमुना हुन सक्छ।कोरियामा रहनुहुने नेपाली दाजुभाई दीदीबहिनीहरुलाई फुर्सत मिलाएर अवलोकन भ्रमण गर्नुहुन बिनम्र अनुरोध गर्दछु।जय जय कृषि जय किसान।भविष्य हाम्रो हातमा छ।

प्रतिक्रियाहरू