कोरियामा बोको गनाउॅछ गोरु बसाउॅछ

1265

तॅपाई खित्का छोडेर नहाॅस्नुहोला। कोरियामा बोको गनाउॅछ गोरु बसाउॅछ।बोकाको तातो पिरो झोल पाए एक माना चामलको भात बजाउने तॅपाई भुटुवा सित सोमरस पिउन पाए संसारभरीको आनन्दको अनुभुति महसुस गर्नु हुन्छ ।बुढापाकाले पनि छिप्पिएको बोकाको झोल खाॅए बल्ल आड़मा घाम लाए भनेको सुनिन्छ।ठस ठस्ती आएको खसि बोकाको गन्ध ग्राहकको आकर्षण हुन्छ ।संसदलाई समेत खसिको टाउको देखाएर कुकुर बेच्ने थलो भनेको सुनेका हामि खसि बोकाको महत्वको बारेमा जानाकार छौ।झन दॅसैमा नेपालीहरुले खसि बोकाको मासु चाखेनन भने ऑफुलाई अभागि ठान्छन।

बिडम्वना नेपालमा भएको प्राय सवैथोक पाईने कोरियामा फुर्सत पाॅईदैन।हामि नेपालीको अतिनै प्रिय खसिबोका खोज्न कष्ट साॅध्नुपर्छ।कतानै जंगलका छेउमा एउटै व्यक्तिले थुप्रै संख्यामा निश्चित जमिनमा तारवार गरेर स्वतन्त्रपुर्वक पालिदो रहेछ।खै किन हो ? बोकालाई भन्दा पठयाड़ग्री पो मन पराईदो रहेछ।कोरियन नागरिकले खसि बोकाको गन्ध (नेम्से)खासै मन पराउदैनन।हामिले गाईको मासुलाई तिरस्कृत गरे झै नगरे पनि सहर्ष स्विकृतीको आशा नगर्नु उत्तम हुन्छ । नेपाली मजदुर बस्ने होस्टलमा खसिबोकाको गन्ध आएमा साहु खोत्तियामा भुट्दै गरेकको मकै झै पडकन थाल्छ। नाम नबताउनी शर्तमा एक मजदुरले भने।खसिको मासुको झोल सित एकथाल भात हसुरेका मिठा स्मरण सहित पुस माघको माईनस डिग्रीको जाडो कटाउनु कम्ति सकस होईन।सोजु मेक्चुको फालाफाल बाताबरणमा खसि मिसिने हो भने स्वर्ग खोज्न कॉहा जानु पर्थ्यो र दाई? अर्को एकजना भाईले हॉस्तै भने।

दसै होस वा अरु चाडबाड होस खसिबोकाको मासु खान मन लागेमा सबैभन्दा सुरक्षित उपाय भनेको नेपाली होटलमा जानु हो।कोरियाको मुख्य शहरमा खुलेका नेपाली होटलको मुख्य आकर्षण भनेको खसिको मासु नै हो।कोरियन खानाको बानि परेको पेटलाई स्वादीलो बनाउने नाममा हालिएका नानाथरी मसलादार मासुले बिर्सनै थालेको ग्यास्ट्रिकले संझाना दिलाउछ।जे भएनि छुट्टीको बेलामा नेपाली होटलहरुमा भिड लाग्ने गरेको छ।

धेरै ठुलो ऑट र प्रयासपछि मात्र पाईने खसि बोकाको भाउ के होला भन्ने जिज्ञासा होला? चार लाख वन (चालिस हजार नेपाली)चानचुन पर्छ।पैसा त ठुलो कुरो होईन।किन्ने ठाॅउमै काटने व्यवस्था भयन भने बडा फर्साद पर्छ। दाजुभाइ दिदीबहिनी काॅहा जम्मा हुनि? काॅहा पकाउनि? आवश्यक सरजामको जोरजाम पनि कम झंझटिलो छैन।

कृषि प्रधान देश नेपालमा बाख्रापालन व्यवशायको ठुलो भविष्य छ । हाम्रा गाॅउघरमा रिन लाएमा, व्यवशाय गर्नि पुॅजी अभाव भएमा कि बाख्रा पाठोपाल्नु पर्छ, कि लामो बाटो लाग्नु पर्छ भन्ने उखान सुनाउथे । लामो बाटो हिडेपछि पनि फेरी बाख्रो पाठो पाल्ने समय सान्दर्भिक हुन्छ । योजना बनाएर बाख्रा पालन व्यवशाय गर्न सके संवृधिको घाम आफ्नै ऑगनमा लाग्न सक्छ । एउटा दुईटा झुन्डाएर म्यॉ म्यॉ गरेर दिन काटनी उपाय नगरी सयौको संख्यामा पाल्ने हो भने कोरियाको झल्को मेटिन्छ।

कोरियामा पशुपालन प्राय बनको नजिक गरिन्छ।घॉसपातको सहज आपुर्ती र फोहोर नहोस भनेर । तर नेपालमा घरकै सिकुवातिर खोर बनाउने चलन छ। स्वास्थ्यका कारण यो निकै खतरा छ। सुरक्षित खोर नहुने बाघ र चोरका कारणपनि नेपालमा घर भन्दा टाढा बाख्रा फर्म संभावना छैन। कोरियामा कृषिको सुरक्षा भएकोले व्यवसायिक रुपमा ठुला फर्महरु पाईन्छन। सय डेडसय त एउटा गरो तारबार गरेर सामान्य खोरमा समेत पाल्न सकिदो रहेछ।बाख्रो स्वतन्त्रता मन पराउने जनावर भएकोले दाम्लोले बॉध्न नहुनि कोरियनहरु बतॉउछन। भविष्य हाम्रो हातमा छ । धन्यवाद

प्रतिक्रियाहरू