कोरियामा मजदुर युनियनले पाउने सबैभन्दा ठूलो पुरस्कार प्रवासी मजदुर युनियन- एम.टि.युलाई

0
804

दक्षिण कोरियामा यस वर्षको मजदुर युनियनले पाउने सबैभन्दा ठूलो पुरस्कार  प्रवासी मजदुर युनियन- एम.टि.यु (Migrant’s Trade Union) ले पाएको छ। पहिलो कोरियन मजदुर शहिद छन थे इल फाउन्डेसनले MTU ले विगतमा प्रवासी श्रमिकको हकहित र अधिकार प्राप्तिमा गरेको संघर्षको उच्च मुल्याङ्कन गर्दै सो पुरस्कार दिएको हो।

सन् २००५ सालमा स्थापना भएको MTU कोरियामा रहेको प्रवासी श्रमिकहरुको स्वतन्त्र मजदुर युनियन हो। आफ्नो स्थापना सँगै यसले प्रवासी मजदुरको हितमा उल्लेखनीय कार्यहरु गर्दै आइहेको छ। प्रवासी श्रमिकहरुको हक-अधिकार, समानता र डब्लु.पी. एस. (Work Permit System)  को लागि निरन्तर संघर्ष गर्दै आइरहेको MTU सन् २०१५ मा कोरियन सरकारवाट मान्यता प्राप्त हुने गरि श्रम मन्त्रालयमा समेत दर्ता भएको युनियन हो।

-- Ad --


मजदुर शहिद छन थे इलले मजदुरहरुलाई गरिने शोषणको अन्य हुनुपर्ने, मजदुर कानुनको पूर्ण पालना हुनुपर्ने लगायतको माग राखी सन् १९७० मा आत्मादाहा गरेका थिए। MTU ले अहिले पनि समयमा तलब नदिने, श्रमिकसंग इ.पी.एस. अधिकार हुनुपर्ने, आफुखुसी कम्पनी परिवर्तन गर्न पाउनुपर्ने, बिना बिश्राम लामो समय काममा लगाउन नपाउने, कृषि तर्फका प्रवासी श्रमिक माथि गरिने विभेद लगायतका मागहरु राख्दै आइरहेको MTU अध्यक्ष उदय राई बताउँनुहुन्छ।

हाल कायम इपिएस प्रणाली दोषपूर्ण रहेको भन्दै कोरियामा क्रियाशील मजदुर संगठन यसलाई खारेज गरी डब्लुपिएसको पक्षमा उभिएका छन्। इपिएस प्रणालीमा विदेशी श्रमिकलाई अत्यन्तै शोषण गरी अधिकार साहुमा कन्द्रित गरेको मजदुर पक्षको तर्क छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here