कोरियामा मानार्थ पाएका तेक्वन्दो खेलाडी क्षेत्रि भन्दछन -खेलको साथमा सामाजिक कार्यको लागि थप उर्जा मिलेको छ

0
441

कोरियामा एक नेपालीले मानार्थ नागरिकता प्राप्त गरेका छन् l कोरियाको सियोल नगरपालिकाले हरेक बर्ष प्रदान गर्ने मानार्थ नागरिकता यसपटक बुटवलका भजिन्द्र  क्षेत्रीले प्राप्त गरेका हुन् । कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरिया बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । राजधानी सियोलमा  आयोजना गरिएको बिशेष समारोहमा क्षेत्री सहित २२ देशका नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो ।
सियोल नगरले कोरियामा रही सांस्कृतिक ,आर्थिक तथा सामाजिक क्षेत्रमा बिसेष योगदान गरेबापत मुल्यांकनको आधारमा उक्त नागरिकता प्रदान गर्ने गर्दछ  l यसभन्दा पहिला क्षेत्रिका दाजु राजु क्षेत्रि पनि मानार्थ नागरिकताले सम्मानित भएका थिए l हाल उनि सहित ७ जना नेपालीले कोरियामा  मानार्थ  नागरिकता पाइसकेका छन l

को हुन क्षेत्रि

-- Ad --



सन् २००४ मा बिधार्थी भिसामा कोरिया आएका क्षेत्रि तेक्वान्दोका राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत हुन l नेपालको बाग्लुङ्ग जिल्लामा जन्म भई बुटवलमा बसोबास गर्दे आइरहेका क्षेत्रिले यहि क्षेत्रमा नेपाल तथा  अन्तराष्ट्रिय स्तरको  विभिन्न पदकहरु समेत हासिल गरिसकेका छन्  ।
कोरियामा नेपाल भलिबल संघ,  युनिक भिजन लगाएतका दर्जनौ संघ संस्थामा अबद्व क्षेत्रि  यस अघि  सन् २००९ मा पूर्व  प्रधानमन्त्री माधवकुमार नेपाको हात बाट तेक्वान्दो खेलको क्षेत्रमा उच्च योगदान पुर्याए  बापत सम्मानित भएका थिए l सन् २०१२ मा क्युक्वेन का अध्यक्षबाट समेत उनले उच्च सम्मान  पाएका थिए  l चौथो कोरिया ओपन च्याम्पियसिप २००८ मा द्धितिय स्थान हासिल  गरेका उनि बुटवल खेलकुद बिकास समिति, नेपाल कोरिया व्यापारिक एशोसिएसन, लगायत दर्जन भन्दा बढि संघ–संस्थाबाट सम्मानित भएका छन l
कोरियामा सहेर सामाजिक कार्यमा अग्रसर क्षेत्रिले सम्मान समारोह बोल्दै यो सम्मानले कोरियामा रहेका नेपाली हरुको शिर थप उचो भएको बताउदै  सामाजिक कार्य , खेलकुदको विकास  तथा प्रबर्धनको लागि थप उर्जा मिलेको बताए l  कोरिया सरकारले दिएको यस जिम्मेवारीलाई आत्मसाथ गर्दै आगामी दिनमा कोरिया जस्तो बिकसित मूलुकको   प्रबिधि र बिकासका उत्कृष्ट नमूना नेपालमा भित्राउने अभियानमा लागि  पर्ने बताए  ।
हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा क्षेत्रिले  आफुले   मानार्थ पाउनको लागि दुतावासमा मार्फत सिफारिस नगरेको बताए l खास गरि खेल क्षेत्रको बिसेष योगदान लाइ मुल्यांकन गर्दै सियोल नगरले आफुलाई सम्मान गरेको र कोरियामा रही कुनै न कुनै क्षेत्रमा निपूर्ण हुन सके जो कोहिले पनि सम्मान पाउन सकिने बताए l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here