कोरियामा मार्फा रायो

295

नेपालको मार्फा रायो कोरियामा यो अवस्थामा उत्पादन गर्न सफल भॅए।अव कोरियाको फेछु साम्छु नेपालमा लैजाने सोच्तैछु।कृषि मुलश्च्य जीवनम ।सिद्दान्तले खान दिदैन।सुनकै धारामा नुहाउने डोनाल्ड ट्रम्पले त कृषिबाटै उत्पादन गरेको खान्छ र खेति अर्नी किसान ठुलो हो भन्छ।

खाई न पाईका डाम्नाहरुले किसानलाई हिस्सि टिउॅरी अर्नि देस नेपाल रच। परदेस नै किन नहोस ?आफ्नै देसको बिउलाई आफ्नै जिउले बनाएर ऑफै खाने र कसैले मागे भने दिने हैसियत राख्न सकेकोमा खुसि लाको छ। सानै भएनि उक्रामै अरे कि झै लाउनि ।म केवल फेसबुकका भित्तामा मात्र कृषिका कथा सुनॉउदिन।साउले गरि खा भनेर दिएको सानो टुक्रा जमिनलाई एउटा सानो नेपाल बनाएको छु।मैले बनाको यो मार्फा साग थामयाङमा वरीपरी मेरो चिनजानका दाजुभाई दिदीबहिनीहरुलाई चखॉउन पॉए।

-- Ad --


कोरियनहरुले समेत सम्केपसालमा बेरेर नमु मासिस्यो भनेर खाए।नेपालको र कोरियाको हावापानी नमिल्ने हुनाले नेपालमा अगस्ट सेप्टेम्बर महिनामा रोपेर अक्टोबर देखि फेब्ररी सम्म खान सकिने यो साग कोरियामा यो मौसममा संभव रहेनछ।छिट्टै हिउँ परेको हुनाले म एक बर्ष असफल भँए।फेरी मार्चमा बिरुवा उत्पादन गरेर जुन महिना सम्म अच्छलेकिनको राम्रो भयो।हरियो बास्नादार रायो सागले थामयाङमा गतबर्ष निकै चर्चा पाएको थियो।

मैले भाई बैनिहरुलाई भन्नि गरेको छु।कोरिया हाम्रो लागि खुल्ला बिश्वबिद्यालय हो।डिप्रेसनबाट बँच्न पिडा भुल्न र समयको सदुपयोगको लागि सानो करेसाबारी प्रभावकारी हुने रहेछ।सानो गमलामा धनियॉ गोलभेडा साग लगाएर मनभुलाउन र मँहगो साग किन्ने पैसा जोगाउन सकिने रहेछ।