Home प्रमुख समाचार कोरियामा मृत्यु भएका नेपालीको शव निशुल्क फर्काइनु पर्ने माग राख्दै नेपाल सरकारलाई बुझाइयो ज्ञापन पत्र

कोरियामा मृत्यु भएका नेपालीको शव निशुल्क फर्काइनु पर्ने माग राख्दै नेपाल सरकारलाई बुझाइयो ज्ञापन पत्र

0
कोरियामा मृत्यु भएका नेपालीको शव निशुल्क फर्काइनु पर्ने माग राख्दै नेपाल सरकारलाई बुझाइयो ज्ञापन पत्र


रोजगारी तथा बिभिन्न शिलशिलामा दक्षिण कोरिया आएर मृत्यु हुने नेपालीको शव नेपाल ल्याउदा लाग्ने सम्पुर्ण खर्च नेपाल सरकारले बेहोर्न कोरिया स्थित नेपाली संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनले माग गरेका छन l

सोमबार विभिन्न ६ वटा संघ संस्था तथा राजनितीक दलाका भातृ संगठनले कोरिया स्थित नेपाली दूतावासमा पुगि संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । यसरी संयुक्त ज्ञापन पत्र बुझाउने संघ संस्था तथा राजनीतिक दलका प्रवास संगठन हरुमा एनआरएनए दक्षिण कोरिया , नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा , नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया ,प्रवासि नेपाली मन्च दक्षिण कोरिया ,नेपाली जनप्रगतिशिल मन्च दक्षिण कोरिया , नेपाल आदिवासि जनजाती महासंघ दक्षिण कोरिया छन l
ज्ञापन पत्र बुझाउन एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन, नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष किशन गौतम, नेपाली जनसम्पर्क समिति कोरिया सभापति भजिन्द्र बहादुर क्षेत्री ,जनप्रगतिशील मन्च कोरियाका बरिष्ठ उपाध्यक्ष जिवन खतिवडा, कोषाध्यक्ष बिबि स्याङ्तानले दूतावासमा उपस्थिति जनाएका थिए ।
ज्ञापन पत्र बुझ्दै आज नै उक्त पत्र सम्बन्धित निकायमा पुर्याएर थप पहल अगाडी बढाइने साथै यस्ता बिषयबश्तुहरु अलिकति गम्भिर भएकोले नेपाली संघ संस्थाले बेला बेलामा सरकारलाइ खबरदारी गरिरहनु पर्ने प्रतिकृया दुतावासले दिएको छ l
एउटा मृतकको शव नेपाल पुर्याउन एक करोड २३ लाख कोरियन वन अर्थात १२ लाख नेपाली रुपैया भन्दा धेरै खर्च लाग्ने गरेको छ। दूतावासले ५४ लाख अर्थात ५ लाख ४० हजार मात्र उपलब्ध गराउदै आएको उक्त ज्ञापन पत्रमा उल्लेख छ।
यसरी एउटा शव नेपाल पुर्याउन लाग्ने खर्चको आधाभन्दा कम खर्च मात्र उपलब्ध हुनेगरेको हुदा सम्पुर्ण खर्च नेपाल सरकारलाई बेहोर्न दूतावास मार्फत ज्ञापन पत्र बुझाइएको पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here