कोरियामा मृत्यु भएका स्व . ध्रुब भण्डारी सहयोग अभियान स्थगित , बिसेष अनुरोध पछी अस्पतालले गर्यो केहि रकम मिनाहा

1022

कोरियाको छनान  रहेको थान्गुक युनिभर्सिटिमा ह्रदयघातको कारण गत १३ तारिख निधन भएका काठमाण्डौका ध्रुब भण्डारीको शव नेपाल नेपाल पठाउन तथा अस्पतालमा उठेको बिल भुक्तान गर्न चलाइएको अभियान बन्द भएको छ l
मृतक भण्डारीको शव कोरियामा वेवारिसे हुने निश्चित भएपछि  प्रवासी मजदुर संगठन एमटियु, एनआरएन कोरिया, एनसीसी लगायत विभिन्न संघ संस्थाले आपतकालिन सहयोग संकलन अभियान चलाएका थिए l करिब ५ दीन चलाइएको  उक्त अभियानमा कोरियामा रहेका  नेपालिहरुले स्वतस्फुर्त रुपमा सहयोग गर्दै आइरहेका छन् l कोरिया स्थित नेपाली दुतावासले भने  भिसा नभएको कामदारको लागि  कुनै पनि आर्थिक सहयोग हुन् नसक्ने बताउदै आएको छ l

मृतक धुब्र भण्डारीको आपतकालिन सहयोग संकलन अभियानका अभियन्ता तथा एमटियू अध्यक्ष उदय राई तथा एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङ लागाएतको टोलि अस्पताल पुगी अस्पतालमा लागेको केहि रकम मिनाह गरिदिन आग्रह गरेपछि अस्पताल पक्षले भारी रकम मिनाहा गर्न सहमत भएको थियो l हाल सम्म उठेको रकमले अस्पताल खर्च पुग्ने भएकोले यो अभियान स्थगित गर्ने घोषणा गरेको  बताइएको छ   l अध्यक्ष राइले कोरियाका लागी नेपाली राजदूतावासले कुनै सहयोग नगरेको प्रति आक्रोश  पनि ब्याक्त गरेका छन् l
त्यस्तै मृतक ध्रुब भण्डारी सहयोग अभियानमा खटिईरहनु भएकी एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङले सम्पूर्ण सहयोगीहरुलाई बिसेष धन्यवाद समेत दिएकी छन् l
रोजगारीको सिलसिलामा विगत ८ बर्ष देखि कोरियामा कार्यरत  भण्डारीको  यहि अप्रिल १३ तारिख हृदयघातका कारण छनान स्थित एक अस्पतालमा मृत्यु भएको थियो l  कोरियामा अबैध रुपामा बस्दै आएको र  बिमा समेत नभएकोले  अस्पतालमा स्वास्थ उपचारको क्रममा  २ करोड ६८ लाख कोरियन वोन खर्च उठेको थियो l

प्रतिक्रियाहरू