कोरियामा यसपटको छुसकमा बृहत सांस्कृतिक कार्यक्रम हुदै , ३ संस्थाले पाए एनसीसी बाट अनुमति

1927

कोरियाली चाड छुसकको लागि कोरियामा क्रियाशिल तीन ओटा नेपाली संस्थाले सांस्कृतीक कार्यक्रम गर्ने अनुमती पाएका छन् । कोरियाका नेपालीहरुको माऊ संस्था नेपालि सम्पर्क समिति तथा विभिन्न संघ संस्थाहरुको  आइतबार  राजधानी सियोलमा  बसेको भेलाले यहाँ क्रियाशिल सिन्धुपाल्चोक,रामेछाप र दाेलखाकाे संयुक्त, तमु धी कोरिया र सुदुर पश्चिम समाज गरी तीन ओटा समुहलाई  कार्यक्रम गर्न अनुमती दिएको संस्थाका अध्यक्ष अञ्जु केसीले बताएकी छन्  ।

कोरियामा हरेक वर्ष यहाँका मुख्य पर्वहरुमा एनसिसीले कार्यक्रम बाँडफाँट गर्दै आएको छ । यस अघि सिन्धुपाल्चोक समाज, तमु धि कोरिया , सुदुर पश्चिम समाज , भक्तपुर समाज र मधेसी कोरिया समाजले कार्यक्रम गर्ने प्रस्ताव गरेकोमा निर्णयक मण्डलले यी तीन संस्थालाई कार्यक्रम गर्न अनुमति  प्रदान गरेको संस्थाका सचिव सुन्दर पन्थीले बताए  ।

अनुमती पाएका तीन संस्था मध्ये सिन्धुपाल्चोक रामेछाप तथा दोलखा सम्पर्क समितिले कोरियाले सेप्टेम्बर १२ मा र बाँकी दुई संस्थाले सेप्टेम्बर १३ मा कार्यक्रम गर्ने अनुमति पाएको सचिब पन्थीले बताए । कार्यक्रम बाँडफाँट समितीमा संयोजक अञ्जु केसी, सदस्यहरुमा चित्र बहादुर मोक्तान , युगेल तेण्डुप शेर्मा, डा. अग्निराज कोईराला, रञ्जन कुँवर, सिरी श्रेष्ठ र किसोर ब्लोन रहेका थिए ।

एनआरएनए एसिया प्यासिफिक उपसंयोजक विनोद कुवँरको  प्रमुख आतिथ्यता  रहेको कार्यक्रमको सञ्चालन  संस्थाका सचिब सुन्दर पन्थीले गरेका थिए ।

प्रतिक्रियाहरू