कोरियामा यस्तो देखियो #मपनि को अभियान

0
1590

तस्वीरमा देखिएका यि हातहरु हुन् दक्षिण कोरियामा सामाजिक अभियान्ताको रुपमा चिनिएका युवायुवतीहरुका। भ्रष्ट्रचार अन्त्यको लागि शुरु भएको #मपनि अभियानमा दक्षिण कोरियामा रहेका धेरै नेपालीहरुले अभियान सफलताको लागि सक्रियता देखाएका छन्। कतिले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफुले दिएको घुसवारे खुलेरै लेखेका छन् भने कतिले #मपनि अर्थात #metoo पनि भन्दै बिरोधमा लागिपरेका छन्। त्यस्तै, कतिले भष्ट्रचारीलाई किरा परोस् भन्दै श्राप दिन भ्याएका छन् त कतिले घुस लिने दिने दुबैलाई अपराधीको ट्याग लगाउँन भ्याएका छन्।
कोरियाबाट यम श्रेष्ठ अभियानवारे फेसबुक स्टाटसमा लेख्छन्- काममा ढिलासुस्ती गरिदिने,अनेक झमेला खेप्न वाध्य पार्ने, नितिगत काममा अड्काउने र निश्चित रकम दिए छिट्टै काम बन्ने भने पछि मालपोत कार्यालय, श्रम मन्त्रालय, लेखापढी कार्यलय (कानुन परामर्श), कम्पनी रजिष्टार कार्यालय आदिमा आफुले घुस दिएको तर अबका दिनमा कोही कसैलाई घुस नदिने लेखेका छन्। #भ्रष्टाचार_घुसखोरिहरु_बिरुद्धको_शसक्त_महाअभियानमा
#अब,
#म_पनि #MAPANI ✊
#तपाईं_पनि ✊
#जागौ र #जगाऔ ✊
त्यस्तै, शुन्दर शुवेदी लेख्छन्- कुलमानको जस्तो कार्य, रबिको जस्तो निडर अप्रेसन, धुर्मुस-सुन्तलीको जस्तो सेवाभाव, नेपालको रामको जस्तो समवन्ध नेपालको आवश्यक भष्ट्रचारको विरुदको अभियानमा #मपनि ।।।
अभियानमा सहमत जनाउँदै प्रकाश योन्जन आफ्नो स्टाटसमा लेख्छन्- म भ्रष्टचार बिरुदको महा अभियानलाई कडा शमर्थन गर्दछु। #metoo
त्यस्तै अभियान बारे आनन्द तान्डोन यसरी लेख्छन्- नेपालका कार्यलय मध्ये घुस नखाने र नमाग्ने त कुन चाहिँ छ होला र? मेरो बिचारमा सिधै घुस नमाग्ने मेरो गाउँको खानेपानी, हुलाक, जिल्ला अस्पताल र हेल्थ पोष्ट हो तर त्यहाँ पनि भष्ट्रचार त पक्कै भएको छ भनी थप्छन्।
भ्रष्टाचार विरुद्धको विशेष अभियान #मपनी #MAPANI मा सामूहिक ऐक्यवद्धतासंगै जनाउँदै जितेन्द्र महता लेख्छन्- भ्रष्ट, दुई नम्बरी कार्य, बलात्कार लगायत विभिन्न प्रकृतिका अपराध बिरुद्ध ठाउँ-ठाउँ, बस्ती- बस्ती, देश ,विदेशबाट जागरुक हुनु आजको आवश्यकता र समृद्धिको मूल आधार हो ।
#MAPANI✊
त्यस्तै, कोरियाबाट रबि लामिछानेको सपोर्ट गर्दै बिष्णु रिजाल आफ्नो फेसबुक मा यसरी लेख्छन्- भ्रष्टाचार अन्त्य होस् भन्ने चाहनाका साथ आदरणिय दाजु Rabi Lamichhane ले शुरु गर्नुभएको भ्रष्टाचार (भ्रष्ट आचरण) बिरुद्धको अभियानमा मेरो पनि पूर्ण समर्थन छ।🇳🇵✊✊
#MAPANI
#मपनि


नेपालमा बिभिन्न कामको शिलसिलामा आफुले धेरै पटक घुस खुवाउन बाध्य भएको भन्दै सन्तोष अधिकारी अभियानवारे यसो लेख्छन् – भष्टाचार र घुसखोरी बिरुद्धको बिशेस #अभियान
#म_पनि #MAPANI
जिन्दगीमा सबै भन्दा धेरै पटक घुस खुवाएको नेपाल सरकारको गृह मन्त्रालय अन्तरगतको बहरमहल स्थित Emegration Office । आज भन्दा 7-8 बर्ष पहिले (कोरिया आउनु अघि) म ठमेलको एक ट्रेकिङ एजेन्सीमा काम गर्थें । बिदेशीहरुलाई मनास्लु, मकालु, कन्चनजंघा लगायतको एरियामा पठाउनु पुर्व Emegration बाट Permit लिनु पर्थ्यो । सिस्टम (उनिहरुले भने) अनुसार गर्ने हो भने कि त्यरो अफिसले Permit नै पाउँदैन भन्दै ल्यागं-ल्यागं गर्थ्यो, कि कहिले कहाँ गएर के ले कहिले के.. त कि दिइहाले पनि दिनैभरि जस्तो झुलाईदिन्थ्यो । तर टेबुल मुनि बाट वा ट्वाईलेटमा गएर वा अन्य कुनै सेपरेट ठाउँ पारेर केही रकम दिए घण्टा भरमै सबै काम सकिन्थ्यो । मैले ट्रेकिङ ग्रुप हेरेर एक हजार देखी दश हजार सम्म एकै पटक यसरि रकम बुझाएको छु । सरकारले तोकेको Permit Rate बाहेक ।
त्यस्तै, उनले नागरिकता सिफारिस, राहदानी (Passport) बनाउँदा, मालपोत कार्यालयहरुवाट आफु ठगिएको बताउदै 👉 समृद्ध नेपाल हेर्ने सपना 😍
#मपनि #MAPANI अभियान पूर्ण सफलताको शुभकामना ।
देश बिदेश बाट सबैले सहयोग गर्न अपिल गरे।

-- Ad --



नेपालको लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” को ३०१औं भाग देखी शुरु गरिएको यस अभियानमा भ्रष्ट्रचारी र घुसखोरी बिरुद्को बिशेष अभियान #मपनि मा दक्षिण कोरियामा रहेका जुझारु युवा-युवतीहरुले यसरी अभियानमा संलग्नता देखाएका हुन्।
अभियान कहाँबाट कसरी र कस्ले सुरु गर्यो भन्दा पनि यसको महत्व र बिशेषता बुझी सहि गलत छुट्याएर समर्थन र साथ दिनु हरेक सचेत नागरिकको दायित्व हो।
अभियान सफलताको शुभकामना।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here