कोरियामा यो बर्षकै सबैभन्दा शक्तिशाली आँधी (टाइफुन) आउदै , उच्च सतर्कता अपनाउन सुझाब

3655

दक्षिण कोरियामा प्रशान्त महासागर आएको टाइफुन ह्यागीबिजले ठुलो क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ l

प्रशान्त महासागरको पश्चिमी क्षेत्रबाट उत्तर पुर्बी क्षेत्रमा बगिहरेको उक्त टाइफुनले आउदो शनिवार र आइतबार जापानको पूर्वी तट लगाएत कोरियालाई पनि ठुलो क्षति पुर्याउन सक्ने कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन (केएमए) ले बिहिबार बताएको छ l ह्यागीबिजले जापानमा चलिरहेको रगबे वर्ल्डकपलाई समेत असर पार्ने बताइएको छ l

५५ मिटर प्रति सेकेन्ड अर्थात्  १९८ किलोमिटर प्रतिघण्टाको दरले आउने टाइफुन ह्यागीबिजले उच्च बर्षा समेत गराउने छ lह्यागीबिज यो बर्षकै सबैभन्दा विनाशकारी हुन सक्ने अनुमान गरिएको छ l

उच्च बर्षा सहित आउने हावाहुरीका कारण यो हप्ताको अन्त्यतिर कोरियाको दक्षिणी तथा पूर्वी भेगमा   क्षति पुर्याउन सक्ने हुदा उच्च सतर्कता अपनाउन केमएले सुझाब दिएको l

स्मरण रहोस ,कोरियामा गत हप्ता आएको विनाशकारी  टाइफुन मिट्यांङका कारण १३ जनाले ज्यान गुमाएका थिए भने हजारौ भौतिक संरचनाहरु ध्वस्त भएका थिए l

प्रतिक्रियाहरू