कोरियामा रहस्यमय मृत्युको त्रास

2517

मृत्यु तित्योसत्य हो। यो धर्तीको सुन्दर आवरण नियाल्न आउनु पुर्व हामीले मृत्यु संग सम्झौता गर्नुपर्छ। अनि मात्रै हो,हाम्रो जन्म हुने।सयद यहि बुझेर होला श्रीरोमणी लेखनाथा पौडेल ले
” भाका भुल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो”।।
यो रचना गर्नु भएको । हो,एकन एकदिन सबैले जानुछ। यो प्रकृतिक नियम हो । श्रीष्टी सर्जकले  सिर्जना गरेको रित हो। जीवनको अन्तिम गन्तव्य हो। मान्छे शिशु भएर जन्मन्छ,नाबालक भएर हुर्कन्छ,जवान भएर दुनियाँ चिन्छ र चिनाउछ अनि बृद्ध भएर जीवान लिलाबाट सन्यास लिन्छ। यसपछी शरीर मात्रै हो मर्ने आत्मा अमर रहन्छ भन्ने गीताको सारलाई मिथ्या बिश्वास गर्न सिवाए अर्को विकल्प छैन।

जन्म र मृत्यु बरेमा सबैको सरल बुझाइ छ। यसलाई सबैले पचाएका छन ।नयाँ उत्पत्ति हुनका लागि पनि पुरानालाई नष्ट गर्नुपर्छ। जीवान चाक्रको समाप्ति पनि त्यसैको उपज हो। जीवानको सम्पूर्ण अवस्था पारगरी प्रलोक जानेहरुलाई हेर्दै आफ्नो पनि गन्तव्य त्यही हो,भनेर मन बुझाउन सकिन्छ। तर, काधमा जिम्मेवारी ,सिरमा आशिर्वाद, हृदयमा पृयसीको माया, आँखामा सपना र मुटुमा देश बोकेर परदेशलाई क्रमभुमिको कुरुक्षेत्र बनाउनेहरु बिनाकारण शेष भएको देख्दा मनले यो सत्य बान्ता गर्दो रहेछ। ठिक यस्तै भएको छ पछिल्लो समय दक्षिण कोरियामा नेपालिहरुको अवस्था ।

कार्यस्थलमा दुर्घटना भयो भने सुरक्षा सतर्कतामा कमि,समवन्धित कार्यमा राम्रो ज्ञानको अभाव ,भाषागत चुनौती भन्न सकिन्छ। यसलाई रोक्नकालागी विभिन्न सुरक्षा सतर्कताका तालिमहरु संचालन गर्न सकिन्छ।तर साँझ सकुशल भोलिको चिन्ता गर्दै सुतेको मान्छे भोलि बिहान देहत्यागेर जिवन्तका लागि सुतेको भेटिन्छ भने यसलाई कसरी रोक्ने ? के कारणले यस्तो भयो भन्ने? सम्भाबित जोखिम के थिए बुझने? के  दीर्घ रोगी थियो ? यी सबै कुरा गर्भमा रहन्छ्न । मनमा हुन्छ त केवल खुल्दुली ,पिडा ,तृष्णा र चुनौती मात्रै ।

अमेरिकामा सिनेमा क्षेत्रकि एक नायिकाको पनि सुतेकै आवस्थामा जीवन लिला समाप्त भएको थियो। त्यसपछि त्यहाँको बिज्ञय टोलिले गरेको अनुसन्धानले किन र कसरी भन्ने जवाफ भेटाउन सकेन । तर केही सावधानी बारे सुझाव दिएको थियो। कठोर कार्यले ज्यान थाके पछि एकछिन आराम गरेर मात्रै सुत्नु पर्ने,सुत्नु अघि पेयपदार्थ धेरै सेवान गर्न नहुने, आफू सुत्ने कोठाको झ्याल खुल्ला राख्नुपर्ने, चिसोमा हिट्र र गर्मीमा एसिको अत्याधिक प्रयोग गर्न नहुने आदि जस्ता कुराहरुमा ध्यान पुगाउन सकियो भने जोखिम कम हुने निश्कर्ष थियो। हामीले पनि यी र यस्ता स-साना कुरामा ध्यान दिएका त छौं ? सोचनु पर्ने बेला आएको छ। केही कुरा यस्ता हुन्छ जो आफू बाहेक अरु बाट  संम्भव हुदैन्न त्यसैले आफ्ना लागि आफै जाग्न …

प्रतिक्रियाहरू