कोरियामा रहेका युवाले ल्याए जीवनको वास्तविक यथार्थ समेटिएको एउटा गीत “कात्रोमा खल्ती हुदैन साथी ” ( भिडियो सहित )

656

दक्षिण कोरियामा रहेका युवाहरुको प्रयासमा जीवनको वास्तविक यथार्थ समेटिएको “कात्रोमा खल्ती हुदैन साथी  ” बोलको गीत सार्बजनिक भएको छ l बिगत ९ बर्ष देखि कोरियालाई कर्मभूमि बनाउदै आएका देव कुमार स्याङ्तानको स्वरमा रहेको उक्त गीतमा शव्द भने कोरियामै रहेका अर्का युवा कुमार श्रेष्ठको रहेको छ l त्यस्तै  गीतलाइ  देवाशिस तामांगले  साथ दिएका छन् भने संगीत गायककै रहेको छ l

भौतिक सुख सुबिधाको पछाडी दौडिरहेको मानव जगत लाइ उक्त  गीतले थोरै भएपनि वास्तविक जीवन भोगाइको यथार्थता उजागर गर्ने शब्दकार कुमार श्रेष्ठको बिश्वास छ l

देव लामाले सम्पादन गरेको उक्त भिडियो dakfilms6 ले युटुव मार्फत बजारमा ल्याएको छ l
भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोला

प्रतिक्रियाहरू