कोरियामा रहेर कलाकारिता र म्युजिक भिडियो निर्देशन गर्दैछन बिरेन्द्र

0
2018

प्रगतिको शिखर मा पुग्नु छ त शुरुवात आफैबाट,यो भनाई वास्तव मा आफैमा सत्य छ ,,,प्रत्येक मानिस ले जन्मसंगै ख़ास बिशेषता र प्रतिभा लिएर आएको हुन्छन,जस्लाई चिन्न सक्नु र प्रयोग गर्न सक्नु फरक कुरा,,, हुन त कसैलाई शारीरिक सौन्दर्य को साथै भित्री प्रतिभा दुबैले साथ दिएको हुन्छ तर हरेक मानिसमा कुनै न कुनै प्रतिभा चैं पक्कै हुन्छ यो कुरा मा दुईमत नहोला ,,,,

यस्तै बाहिरी सौन्दर्य अनि भित्री प्रतिभा दुबैले साथ दिएका स्याङजा चापाकोट नगरपालिका ४ दार्सिङ मा जन्मेका हाल सुन्दर नगरी पोखरा मा बसोबास गर्दै आएका उनि कोरियालाई बिगत ८ बर्ष देखि कर्मथलो बनाउदै ,,,,,,उनै सबै को मन मुटुमा बस्न सफल मोडल,डान्सर,निर्देशक,समाजसेवी बिरेन्द्र कुमार नौभाग्य स्याङजा परिवार गणतन्त्र कोरिया थेगुको अध्यक्ष समेत रहेका छन्,,,
सन् २००८ बाट नेपाली म्युजिक भिडियो मा आफ्नो क्यारियर शुरु गरेका नौभाग्य हाल सम्म ३ दर्जन भन्दा बढ़ि नेपाली म्युजिक भिडियोहरुमा आफ्नो अभिनय प्रस्तुत गरिसकेको छन् भने केहि म्युजिक भिडियो हरुमा आफैले निर्देशन समेत गरेको छन् अहिले कोरियामा सबैको नज़रमा राम्रो निर्देशकको रुपमा सफल भएका छन्,,,

ईपिएस पद्धति बाट २०११ मा आएका नौभाग्य ले कामको साथ साथै आफ्नो अभिनयहरुलाई पनि संग संगै लगेका छन्,,,
कोरियाको बसाई क्रममा परोपकारी कामहरु ,खेलकुद लगायत बिभिन्न सामाजिक क्षेत्र मा सहयोग र सहभागी जनाउने उनि सबैको नज़र मा बिशेष बनेका छन्,,,,ख़ास गरेर बुसान ,किम्हे ,उल्सान ,सउल ,छाङवन वरपर नौभाग्य ले बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गरि हजारौं दर्शकहरुको माया बटुलिसकेका छन्,,,,कोरियाको ५ बर्ष को कार्यकाल सकि नेपाल फर्किए पनि उनि संगित बाट टाढा बस्न सकेनन्,,,नेपाल बसाईको क्रममा उनि तिजका गितहरु देखि लिएर बिभिन्न म्युजिक भिडियोहरुमा भ्याईनभ्याई रहेका थिए ,,, नेपाल मा पनि बिभिन्न ठाऊंमा सांस्कृतिक कार्यक्रम मा आफ्नो कला प्रस्तुत गरिसकेका उनि पुन सिबिटी को माध्यम बाट कोरियामा रहदै आएका छन्,,,,
सुन्दर तथा आकर्षक शारीरिक संरचना रहेका नौभाग्यको मोडलिङ तथा नृत्य अभिनय को संयोजन सांच्चै नै राम्रो देखिएको छ,,,,
अहिले भर्खरै आफ्नै निर्दैशनमा “आफ्नै छायांले “ बोलको गितमा चर्चित गायिका मेलिना राई को स्वर, दिलीप योन्जन तामाङको शब्द,राजेश थापा को संगित रहेको गित बिन्दबासिनी म्युजिक प्राली ले बजारमा ल्याएको छ ,,,जस्मा कोरिया मा अत्यान्तै व्यस्त र पोख्त छायाङकार पेन्जी योङग छायांङकन गरेको छन् नेपाल का चर्चित ईडिटर टेकेन्द्र शाहा ले यस म्युजिक भिडियो मा सम्पादनको काम गरेको छन भने कोरिया कै सेक्सी अनि हट मोडल राजकुमारी तामाङ र बिरेन्द्र नौभाग्य आफै मुख्य भुमिका रहेका छन्,,,
यसरी समग्रमा हेर्दा र भन्नुपर्दा कोरिया देखि नेपाल सम्म आफुमा भएको प्रतिभालाई निरन्तरता दिन सफल भएका छन् अहिले नेपाल मा सबैले चाहेका र रोजेका कलाकारहरुको अगिल्लो पङतिमा रहन सफल भएका छन्,,,

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here