कोरियामा राहतकोष संकलनार्थ सांगीतिक कार्यक्रम हुने , सुगम पोख्रेल ,कबिता नेपाली लगायताका कलाकारहरु आउदै

958

कोरियामा आपतकालीन राहतकोष संकलनार्थ आगामी छुसकको दोस्रो दीन सांगीतिक महा-धमाका हुने भएको छ l कोरियामा रहेका श्रमिक हरुलाई आपतबिपत पर्दा केहि भएपनि सहयोग गर्न सकियोस भन्ने उदेश्यका साथ राहत संकलनको पहिलो खुड्किलो स्वरूप  उक्त कार्यक्रम गर्न लागिएको हो l

आगामी छुसकको दोस्रो दीन अर्थात सेक्टेम्बर १३ तारिकमा आयोजना हुन् लागेको उक्त कार्यक्रममा नेपालबाट अहिले अत्यन्तै चर्चामा रहेका गायक सुगम पोख्रेल ,एपी 1 टेलिभिजनको रियालिटी सो “बुगीवुगी “कि बिजेता कबिता नेपालि ,लोक दोहोरि गायिका तथा कार्यक्रम संचालिका मंजु पौडेल  तथा पछिल्लो समय निकै चर्चामा रहेका लोक तथा दोहोरि गायक पशुपति शर्मालाइ कोरिया ल्याउने तयारि भैरहेको कार्यक्रमका अभियान्ता हरुले बताएका छन् l साथै अन्य थप केहि कलाकारहरुको कोरिया आउने निश्चित भैसकेपछि मात्र पोस्टर सार्बजनिक गरिने जनाइएको छ l

कोरियामा रहेका अधिकांस नेपालीहरुको साझा अभियानमा गर्न लागिएको उक्त कार्यक्रको अभियान्ता सम्रक्षक ,सल्लाहकारहरुको नामावाली पत्रकार सम्मेलन मार्फत  घोषणा गरिने बताइएको छ l

प्रतिक्रियाहरू