कोरियामा रेमिट्यान्स कम्पनीबीच तिब्र प्रतिश्पर्धा, सेवाग्राहीलाई फाइदै फाइदा

0
5436

दक्षिण कोरियामा रेमिट्यान्स कारोबार गर्ने रेमिट कम्पनीबीच तिब्र प्रतिश्पर्धा देखिएको छ । सर्वसुलभ, छिटो छरितो सेवा दिइरहेका रेमिट कम्पनीबीच पछिल्ला दिनमा शुल्कमा प्रतिश्पर्धा देखिएको हो । रेमिट कम्पनी जिएमई, हानपास, जिमनी ट्रान्स, एसबिआई कोषमनी लगायत आधा दर्जन जतिले सेवाग्राहीलाई सर्वसुलभ, छिटो छरितो र अत्याधुनिक तवरले रेमिट्यान्स सेवा दिइरहेका छन् । यो समचार तयार पार्दा सम्म अर्थात बिहीवार बिहान सम्म हानपास, जिएमई र जिमनी ट्रान्स रेमिटले नेपालमा एक लाख रुपैया रेमिट्यान्स गर्दा सेवा शुल्क सहित ९ लाख ९० हजार भन्दा कम वोन लिएर कारोबार गरेका छन् भने अन्य रेमिट कम्पनीले पनि एक लाख रुपैयाका लागि शुल्क सहित १० लाख वोन भन्दा तलमा कारोबार गरिरहेका गरेका छन् ।

रेमिट कम्पनीबीचको प्रतिश्पर्धाले सेवाग्राहीलाई भने फाइदै फाइदा भएको छ । कम शुल्कमा छिटो छरितो र सर्वसुलभ सेवा पाएपछि सेवाग्राहीहरुको आर्कषण पनि रेमिट कम्पनीप्रति बढिरहेको छ । पछिल्लो समय अवैधानिक हुण्डी कारोबारीबाट दर्जन भन्दा बढिको दुइ करोड भन्दा बढि रकम ठगी भएको खबर पनि आएको छ । रेमिट र बैकिङ जस्ता वैधानिक च्यानलले सेवा दिएको समयमा अवैधानिक च्यानल प्रयोग गर्नु र ठगिमा पर्नु प्रयोगकर्ताका लागि विडम्बना समेत हो ।
यसैबीच रेमिट कम्पनीबीचको अस्वस्थ्य प्रतिश्पर्धाले रेमिट कम्पनी नै धराप पर्ने हो कि भन्ने पनि चिन्ता बढेको छ । शुल्कबीचको प्रतिश्पर्धा बढेको प्रति हानपासका जनरल म्यानेजर केपी चौलागाईले रेमिट कम्पनी वृद्धि सँगै भएको प्रतिश्पर्धा स्वाभाविक भएको बताउनु भएको छ । चौलागाईले अस्वस्थ्य प्रतिश्पर्धाले सेवाग्राहीलाई फाइदा भएपनि रेमिट कम्पनी दिर्घकालिन रुपमा सञ्चालन हुनेमा जोखिम रहेको बताउनु भएको छ । जिएमईका मार्केटिङ प्रमूख धर्मराज गौतमले पनि अहिले रेमिट कम्पनीबीच अस्वस्थ्य प्रतिश्पर्धा रहेको यसले सेवाग्राहीलाई फाईदा पुगेको बताउनु भएको छ । सेवाग्राहीलाई छिटोछरितो र सर्वसुलभ सेवा दिन जिएमई प्रतिबद्ध रहेको पनि गौतमले बताउनु भयो । त्यस्तै अन्य शहरमा साखा विस्तारको तयारीमा रहेको जिमनी ट्रान्सका जनरल म्यानेजर विजयराज टण्डनले पनि रेमिट कम्पनीबीचको प्रतिश्पर्धा धेरै समय नटिक्ने बताउदै रेमिट कम्पनीबीच सेवाग्राहीलाई पनि फाइदा हुने गरी न्यूनटम रेट निर्धारण गर्न आवश्यक रहेको बताउनु भयो । यसैगरी एसबीआई कोषमनीका प्रतिनिधी सरोज खड्काले पनि अस्वस्थ्य प्रतिश्पर्धा भन्दा सेवाग्राही र रेमिट कम्पनी दुवैलाई हितकर हुने गरी अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
कोरियामा बैकिङ च्यानल बाहेक सरकारले अनुमति दिएपछि रेमिट कम्पनी खोल्ने क्रम बढिरहेको छ । तिब्र र अस्वस्थ्य प्रतिश्पर्धाले सेवाग्राहीलाई फाइदा पुगेपनि रेमिट कम्पनी विस्थापित हुने हो कि भन्ने आशंका पनि रहेको छ । सेवाग्राहीलाई छिटो छरितो र कम शुल्कमा सेवा दिदै कम्पनीलाई दिर्घकालिन रुपमा स्थापित गर्न कम्पनीबीच एक किसिमको समक्षदारी आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here