कोरियामा रेसुंगा सांकृतिक झलक भाग ३ को आय व्याय सार्बजनिक , बचेको रकमकले अक्षय कोष खडा गरिने

0
1582

कोरियामा गत सलनाल अर्थात फेब्रुरी १६  मा सम्पन्न  भएको रेसुंगा सांस्कृतिक झलक भाग ३ को आयव्याय सार्बजनिक भएको छ l केहि साता अघि बसेको आर्थिक समितिको बैठकले उक्त विवरण सार्बजनिक गरेको हो l कार्यक्रमको आयव्याय सार्बजनिक गर्दै आर्थिक समितिले प्रतिकुल अबस्थामा कार्यक्रम गरेको भएता  पनि केहि रकम बचत गर्न सकेकोमा गौरब लगेको बताएको छ l
गत आइतबार गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको छैठौं अधिबेशनमा आर्थिक विवरण प्रस्तुत गर्दै आर्थिक संयोजक टामलाल अर्याल ले रेसुंगा सांस्कृतिक झलक भाग तीन बाट बचेको रकम नेपालका आनाथ असाहय बालबालिकाको शिक्षाको लागि अक्षयकोष खडा गरिने बताए l समितिले कार्यक्रमलाइ सफल पार्न अहोरात्र खटिने गुल्मेली तथा सम्पूर्ण शुभचिन्तक हरुमा धन्यवाद समेत प्रकट गरेको छ
समितिले  प्रस्तुत गरेको आयब्याय विवरण यस प्रकार छ
१. ब्याक्तिगत सहयोग बाट प्राप्त रकम -२ करोड २४ लाख ८६ हजार ६ सय ६९ वन
२. संघ संस्था बात प्राप्त सहयोग – २८ लाख १७ हजार वन
३.टिकट बिक्रि बाट प्राप्त – २ करोड ५० लाख वन
४.स्पोन्सर बाट प्राप्त – ३१ लाख ५१ हजार वन
जम्मा आम्दानि – ४ करोड ८९ लाख ५४ हजार ६ सय ६९ वन
खर्च तर्फ
१. कार्यक्रम हल ,साउण्ड सिस्टम सुरक्ष्या तथा ब्याबस्थापन खर्च १ कोरोद ११ लाख ५० हजार वन
२. कलाकार भिषा, टिकट, पारिश्रमिक , बसाइ तथा ब्याबस्थापन २ करिड १७ लाख ९१ हजार ३ सय ५० वन
३.  छपाई ,पोस्टर ,ब्यानर ,कार्ड स्टेसनरी ,सम्मान पत्र ,तथा प्रचार प्रसार -३४लाख ३३ हजार वन
४ .  बिज्ञापन तथा अन्य बिबिध खर्च – ४३ लाख २ हजार ९० वन
जम्मा खर्च – ३ करोड ९७ लाख ७६ हजार ४ सय ४० वन
कुल बचत – ९१ लाख ७८ हजार २ सय २२ वन
यसरि बचत हुन् आएको रकम नेपालका अनाथ तथा असहाय बालबालिकाको शिक्षाकोको निमित्त अक्षयकोष खडा गरि वास्तविक पिडित बालबालिका हरुको शिक्षा दिक्षामा खर्च गरिने पनि समितिले बताएको छ l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here