कोरियामा विदेशी कामदार राख्ने मालिकहरुलाई नयाँ नियम

9961

दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले मंगलबार घोषणा गरेको नयाँ नियम अनुसार आप्रवाशी कामदार राख्ने मालिकहरुले बढिमा १५ जना मात्र एक कोठामा राख्न पाउने छन् । भने महिला र पुरुषका लागि छुट्टाछुट्टै आवाशगृहको व्यवस्था गर्नुपर्ने छ ।

एक जना कामदारका लागि २ दशमलब ५ वर्गमिटर चाहिने र त्यही अनुसार १५ जना अट्ने कोठामा मात्र १५ जना राख्न पाउने नियममा उल्लेख  छ । १६ जुलाईसम्म यो नियम कार्यान्वयन गर्न मन्त्रालयले रोजगारदाताहरु समक्ष आह्वान गरेको छ ।

त्यस्तै, जिवनयापनका लागि चाहिने अत्यावश्यक स्नानकक्ष, व्यवस्थित सौचालय, भेन्टिलेशन, जाडोका लागि हिटर र गर्मीका लागि एसी, बत्तिको राम्रो व्यवस्थापन र इर्मजेन्सी ढोकाको पनि व्यवस्थापन गर्नुपर्ने छ ।

त्यसैगरी, व्यक्तिगत गोपनियता र सुरक्षाका लागि ढोकामा चावि र व्यक्तिगत सम्पती सुरक्षाका लागि लकर आदि पनि हुनुपर्ने हुन्छ ।

आप्रबासी कामदारका लागि लागु गरिएको यो नियमको बारेमा मालिकहरुलाई जानकारी गराइने र आगामी श्रम सम्झौतामा यी कुराहरु उल्यख गरी सम्झौता पत्र बनाइने मन्त्रालयले जनाएको छ ।

“हामी आप्रवाशी कामदारको न्युनतम बसाइस्तरलाई सरल र सहज बनाउने छौं ।” एक कर्मचारीले भने ।

प्रतिक्रियाहरू