कोरियामा श्रमिकको पक्षमा नयाँ कानुन ,रोजगारदाताले दुर्ब्यावहार गरे ३ करोड वन जरिमाना वा ३ बर्ष जेल सजाय

905

कोरियामा गत मंगलवार देखि नयाँ मजदुर कानुन लागु भएको छ  l  उक्त नयाँ ब्याबस्था अनुसार र यदि राेजगारदाताले श्रमिकलाई दुर्व्यवहार गरेकाे ठहर भएमा ३ वर्ष कैद वा ३ कराेड काेरियन वन जरिवाना हुनसक्ने छ l

उक्त कानुनि ब्याबस्था लागू भएसँगै अब काम गर्ने क्रममा राेजगारदाताले विभिन्न बाहानामा मजदुरलाई दुःख दिएमा मजदुरले यहाँकाे श्रम कार्यालयमा उजुरी गर्न सक्नेछन् । यसरि परेका उजुरीमाथि यदि रोजगारदाताले गल्ति ठहरिएमा कारवाईको भागिदार बन्ने छन् l
लामो समयको मजदुर आन्दोलनर लगातारको दावाब पछी केहि भएपनि प्रवासी श्रमिकलाई राहतमिलेको भन्दै प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राइले अब देखि आफु दुर्ब्याब्याबहार परेको अबस्थामा उजुरी दिन सकिने बताए l

राइका अनुसार निम्न अबस्थामा श्रम कार्यालयमा उजुरी दिन सकिने छ l जस्तै कम्पनीमा काम गरिरहेकाे समयमा राेजगारदाताले समान फ्याँक्ने, टेबल ठटाउने, कुटपिट गर्ने ,गालीगलौज गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने, अन्य सहकर्मीको अगाडि अपमानजनक शब्द बोल्नेमाथि यस्तो सजाय हुन सक्छ।
यसैगरी, अनलाइनमार्फत अपमान गर्ने, निष्काशन गर्ने ,काम दिन्न भनेर धम्की दिने, कम्पनीले दिने भोजमा जान कर गर्ने, रक्सी खान कर गर्ने, चुरोट पिउन कर गर्ने वा पिउन नदिने, कम्पनीको आफ्नो काम अरु सहकर्मीलाई गर्न लगाउने काम गरे पनि यो कानुन आकर्षित हुने बताइएको छ।

त्यस्तै सूचना उपलब्ध नगराउने वा निर्णय गर्ने अधिकारबाट बञ्चित गराउने, विशेष धर्म मान्नको लागि वा कुनै समूहलाई समर्थन गर्न कर गर्ने, रातमा काम गर्न वा आइतबार काम गर्न अनावश्यक दबाब दिनेलगायतका काम गरे पनि यो कानुन अनुसार सजाय हुनसक्नेछ।

बिदा, बिरामी बिदा विभिन्न कल्याण सुविधा उपयोग गर्न नदिने, मानसिक तनाब दिने, काम गर्ने वातावरण नाजुक बनाउने, काम सिँकाउदा दु:ख दिने, काम गरेको वा आराम गरेको अवस्थाको चियो गर्ने लगायतको गतिविधि गरेमा उजुरी गर्न सकिने अध्यक्ष राईले बताए।

 

प्रतिक्रियाहरू