कोरियामा श्री जगन्नाथजीको रथयात्रा, सहभागी भएर मनोकाक्षा पुरा गर्न पाँच सको आग्रह

0
1948

दक्षिण कोरियामा श्री जगन्नाथजीको रथयात्रा हुने भएको छ । सनातन साहित्य सङ्गित साधना समूह (पाँच स) दक्षिण कोरिया र इःकोन टेम्पल दक्षिण कोरियाको संयुक्त आयोजनामा प्रत्येक बर्ष जस्तैै यो बर्षपनि भगवान श्री जगन्नाथ जिको रथयात्रा सहितको नगर परिक्रमा हुने भएको हो । जुलाई १५मा हुने उक्त कार्यक्रमको तयारी पूरा भएको पाँच सले जनाएको छ । भगवान डोलीमा रहँदा दर्शन गर्नाले अनेक जन्म संचित पाप नष्ट हुने शास्त्रीय मान्यता रहेकोले सहभागी हुन पाँच सले कोरियावाशी नेपालीलाई आह्वान गरेको छ । आध्यात्मिक धार्मिक महोत्सवमा परमेश्वरको अनुकम्पाले जिवनको रथ तान्न सहज अनुभूति भै सबल सक्षम र सुखी जीवन जिउनको लागि आध्यात्मिक उत्प्रेरणा यहि महोत्सबमा अबश्य मिल्ने पनि पाँच सले बताएको छ । प्रवासमा रहँदा आफ्नो मौलिक परम्परा र संस्कृति बाट बन्चित भइ उदासिन हुनुपरेको परिस्थितिमा आफ्नो जीवन लाई सार्थक बनाउने यस महान अवसरमा सम्पुर्ण कोरिया बासी नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको गरिमाय उपःिथतिको लागि पाँच सको निमन्त्रणा छ । उक्त रथायात्रामा कोरियन प्रशासनको समेत विशेष साथ र सहयोग रहेको छ ।

मिति :जुलाई १५ २०१८
समय : दिउँसो १२ बजे
स्थान :श्री श्री राधा कृष्ण मन्दिर EDONG-RI122,POCHEON-SI GYEONGI경기도 포천시 소흘읍 이동교리 122
सम्पर्क : ०१०५९४४६९२७ ज्यो पं महेश कोइराला

०१०६७१३२४४० यम सापकोटा

०१०२४७११४३७ भव:स्वि बोम्जन

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here