कोरियामा संकलित रकमबाट किनिएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्त्ररण

680

गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको पहलमा संकिलत रकमबाट किनिएको स्वास्थ्य सामाग्री आज नेपाल सरकारलाई हस्तान्त्ररण गरिएको छ । दोश्रो चरणमा चीनबाट आएको सामाग्री आज स्वास्थ्य मन्त्रालय परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको हो ।

एनआरएनए आइसिसि उपाध्यक्ष सोनाम लामाले चीनबाट ल्याइएको सामाग्री मन्त्री ढकाललाई हस्तान्तरण गरेका हुन् । कोरिया, चीन र हङकङमा संकलित रकमबाट किनिएको स्वास्थ्य सामाग्री एकमुष्ठ सरकारलाई हस्तान्तरण गरिएको हो । दोश्रो चरणमा आएका स्वास्थ्य सामाग्रीमा केएन ९५ मास्क २ हजा ४सय ५०, डिस्पोजेबल मास्क ४० हजार, ह्याण्ड ग्लोब्स ४० हजार, इन्फ्रारेड थर्मोमिटर ३ सय १०, फेस सिल्ड २ हजार, पिपिई २ हजार थान रहेका छन् । ती मध्ये कोरियाबाट इन्फ्रारेड थर्मोमिटर ३ सय १०, फेस सिल्ड २ हजार, पिपिइ गाउन २ हजार, केएन ९५ मास्क १ हजार, डिस्पोजेलब मास्क २० हजार र ह्याण्ड ग्लोब्स १० हजार थान छन् ।

सामाग्री बुझेपछि बोल्दै स्वास्थ्यमन्त्री ढकालले रगतमा साटिएको पसिनाबाट आर्जित रकम मध्ये केहि देशका लागि सहयोग गरेकोमा प्रवासी नेपालीलाई धन्यवाद दिए । उनले संकटका बेला प्राप्त सामाग्रीको उचित प्रयोग हुने प्रतिबद्धता ब्यक्त गरे । हस्तान्तरण कार्यक्रममा एनआरएन कोरियाको तर्फबाट अनुगमन समितिका संयोजक रुद्र शर्मा, सदस्य यम श्रेष्ठ, व्यावसायि जिवन कुमार थापा, रोशन भट्टराई लगायत कोरियाबाट फर्केका नेपालीको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरू