कोरियामा साहित्यकार प्रगति रार्इको उपन्यास बिर्सिएको मृत्युमा विमर्श हुने

1229

वादी विज्ञप्ति कविता संग्रह मार्फत नेपाली साहित्यमा प्रभावशाली उपस्थिति देखाएकी साहित्यकार प्रगति रार्इको दोस्रो उपन्यास भर्खरै बजारमा आएको छ । दोस्रो उपन्यासमा पाठकहरूले देखाएको सद्भाव र प्रतिक्रियामार्फत उत्साहित साहित्यकार रार्इ अहिले कोरियामा छिन । कोरियालार्इ कर्मभूमि बनाएर काम गर्दाकै अवस्थामा लेखिएको पहिलो उपन्यास लेखककी स्वास्नीु बजारमा आएको करिब ४ वर्षपछि दोस्रो उपन्यास लिएर पुन कोरिया आएकी हुन । पाठकहरूसँग दोस्रो उपन्यासको विमर्श गर्नु नै कोरिया भ्रमणको उदेश्य रहेको साहित्यकार रार्इले बताइन ।

कार्यक्रममा साहित्यिक सृजना वाचन पनि हुने बताइएको छ । आगामी जुन ३ तारिख आइतबार सउलस्थित दोंदेमुनमा हुने जनाइएको छ । नेपाली साहित्य समाज दक्षिणा कोरिया र आप्रवासी मिडिया एमडब्लुटिभीको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा उपस्थितिको लागि कोरियास्थित सम्पूर्ण साहित्यप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलार्इ आमन्त्रणा गरिएको छ ।

-- Ad --


२०७४ को टपटेन ( उत्कृष्ट १०) महिला साहित्यकार प्रगति रार्इ
फरक भाषा, शैली र प्रस्तुतिमा ध्यान दिने प्रगति राईको पहिलो कविता सङ्ग्रह ‘वादी विज्ञप्ति’ निस्कँदा धेरैले उनको लेखनलाई महत्व दिएका थिएनन् । उनको दोस्रो कृति ‘लेखककी स्वास्नी’ उपन्यासपछि भने उनी सबैको नजरमा परिन् । उनको कृति ‘लेखककी स्वास्नी’ले लेखक र पुरुष प्रवृत्तिको भण्डाफोर गरेको थियो । वर्ष ०७४ मा उनको कृति ‘बिर्सिएको मृत्यु’ले भूकम्पबाट पीडित परिवारको कथा भनेको छ ।

नारीवादी दृष्टिकोणलाई फरक ढंगले ब्याख्या गर्ने उनको शैली गज्जब छ । लेखनीसँगै सामाजिक सेवामा पनि लागेकी प्रगतिले महिलालाई वंशाधिकारको वकालत गरेपछि उनको मागले बजार तताएको थियो । उनको कार्यशैलीलाई कतिपयले पारिजातको नेतृत्वमा भएको ‘राल्फा आन्दोलन’को झल्को दिएको समीक्षकहरुको ठहर छ ।