कोरियामा सॉईली प्रदर्सन

479

नेपाल सामुदायिक समिति ख्वान्जुको आयोजनामा जलनाम्दो ख्वान्जुमा सेल्टर सहयोगार्थ हानाम ३नंवर ख्वान्जुमा सुपरहिट नेपाली कथानक चलचित्र सॉईली प्रर्दसन भएको छ।

परदेसको ठॉउ,नचिनेका मान्छे,नजानेको भाषा,न खल्तिमा दाम छ न टुङ्गो कामको छ,अईले त खॉए भरे के खॉउला?अईले त यॉहॉ छु भरे कॉहा जॉउला?कॉहा गए कॉहा पुगिन्छ केहि थाहा छैन।नेपाली समाजको यथार्थ चित्रण बोकेको दयाहाङ राई मेनिका प्रधान,गौरव पाहारी केनिया सिंह लगायतका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहेको टिपिकल नेपाली चलचित्र सॉईलीले दर्सकलाई भरपूर मनोरंजन दिएको नेपाल सहयोग समितिका अध्यक्ष अरुण क्षेत्रिले बताउनु भयो।

कोरियामा साहुले (खासेयो)जानुहोस भनेपछि कॉहा जॉउ?भन्ने छुट छैन।जॉहासुकै (खा)जा नोङदोम्बु(श्रम कार्यालय)मा मेसेज पठॉउला हिसाव किताव बैङक खातामा हालिदिन्छु (पाल्ली खा)छिटो जा भनेर क्रकश लाग्ने ठुलो स्वरले भनेपछि मुटु सर्को पारेर (खाम्साहाम्निदा) भन्नु पर्दाको पिडा कल्पना गर्नुस त? आफ्नै नेपाली दाजुभाई दीदीबहिनीलाई पर्ने ठुलो आपद बिपदमा मलहम पट्टी लगाउन चलचित्र सॉईलीले टेवा मिलेको कुरा सल्लाहकार संयोजक सन्तोष पराजुलीले ब्यक्त गर्नुभयो।

नेपालीदाजुभाई दीदीबहिनीहरुको अभुतपुर्व जमघट,चिनजानको साथै भरपुर मनोरंजन लिने अवसर भएकोले ऑफु सपरिवार सॉईली हेर्न आएको सुदिप कार्किले भन्नुभयो।

नेपाली मौलिक संस्कृति झल्कने उक्त चलचित्र २सय युवायुवतिले हेरेका थिए भने प्रति टिकट १५हजार वन(नेपाली १५सय रुपइया)टिकट शुल्क राखिएको जानाकारी नेपाल सहयोग समितिका कोषाध्क्ष गुरुदत्त पराजुलीले दिनुभयो।

नेपाली राष्ट्रीय गित गाएर शुरु भएको चलचित्र प्रदर्सनमा शुसिल गुरुङले प्राविधिक सहयोग राजुश्रीले सुचना संयोजन र सिता लामा गुरुदत्त पराजुलीले ब्यवस्थापन गर्नुभएको उक्त कार्यक्रममा चर्चित लोकगित गलबन्दीमा सामुहिक नृत्य गर्नुको साथै गोलाप्रथाद्वारा एकजना दर्सकको उपाहार मदन राईले जित्नुभएको थियो।प्रतिभा प्रष्फुटन अन्तर्गत हेमन्त चलाउने र समुन्द्र बिकले र्याप हानेर मनोरंजन दिईएको थियो।

उक्त कार्यक्रममा मिडिया सपोर्ट पुस्पराज लामिक्षानेले गर्नुभएको थियो भने स्टार रेमिटले पैसा पठाउन सजिलोको लागि सहजिकरण गर्न स्टल समेत संचालन गरेको थियो।

प्रतिक्रियाहरू