कोरियामा स्कुटर दुर्घटनामा परि एक नेपालीको निधन

0
15672

दक्षिण कोरियामा स्कूटर दुर्घटनामा परि एक नेपालीको निधन भएको छ । मोरङ सुनवर्शी नगरपालिका (अमरदह)का २९ वर्षिय सन्तोष बिष्टको स्कूटर दुर्घटनामा परि निधन भएको हो ।

छन्जुसीमा बुधवार बेलुका कोरियन समय अनुसार ७ बजेर ३० मिनेट जादा काम सकेर घर फर्कने क्रममा पछाडिबाट आएको कारले स्कुटरमा ठक्कर दिदा दुर्घटना भएको थियो ।

-- Ad --


मृतक विष्ट एक वर्ष अघि दुवइबाट पर्यटक भिषामा आई कोरियामा शरणार्थी भिषा बनाएर कार्यरत रहेको बुझिएको छ । उनि आराबाइट (पार्ट टाइम काम) गर्दै आइरहेका थिए । मृतकको घर परिवार र कोरिया स्थित नेपाली दुतवासमा दुर्घटनाका बारे जानकारी गराइएको छल्लाबक्दो समाजका अध्यक्ष लालमणी काफ्लेले बताउनुभयो ।
कोरियामा सवारी दुर्घटनामा केहि साता अघि भोजपुरकी एक महिलाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here