कोरियामा स्वन्तन्त्र रुपमा कार्यस्थल परिबर्तनको माग सहित एमटियुले निकाल्यो बिशाल र्याली (तस्विरमा )

242

दक्षिण कोरियामा स्वतन्त्र रुपले कार्यस्थल परिबर्तन गर्न पाउनु पर्ने तथा न्युनतम श्रम कानुन लागु हुनु पर्ने माग राख्दै प्रवासी श्रमिक युनियनले गत आइतबार ह्वासंग स्थित फारानामा बिशाल र्याली निकालेको छ l

गत आइतबार सम्पन्न उक्त र्यालीमा प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइ लगाएत उल्लेखनीय रुपमा प्रवासी श्रमिकहरुको उपस्थिति रहेको थियो l

र्यालीलाई सम्बोधन गर्दै अध्यक्ष राइले कोरियामा प्रवासी श्रमिकको अबस्था थप नाजुक भैरहेको बताउदै सरकारले न्युनतम श्रमिक कानुन लागु गरेर स्वतन्त्र रुपमा कार्यस्थल परिबर्तन गर्न पाउने तथा वर्क परमिट सिस्टम (WPS) लागु गर्नु पर्ने माग राखे l