कोरियामा हानपास रेमिट्यान्सको एक बर्ष पुरा , कस्तो छ कारोबार (कुराकानीमा आधारित )

633
  1. कोरिया सरकारले अनुमति दिए संगै कोरियामा रेमिट्यान्स कम्पनि हरु खुल्ने क्रम तिब्र बनेको छ l सन् २०१८को अन्त्य तिर आइपुग्दा कोरिया बाट आधा दर्जन भन्दा धेरै रेमिट्यान्स कम्पनि हरुले कारोबार गरिरहेका छन् भने नयाँ नयाँ रेमिट्यान्स कम्पनीहरु खुल्ने क्रम पनि जारी छ  l तर यसरी खुलेका रेमिट्यान्सको कम्पनिहरुका पैसा पठाउने रेट भने फरक फरक छन् l कतिपय कम्पनि हरुले नेपाल पैसा पठाउदा कुनै पनि सेवा शुल्क नलाग्ने भन्दै बिज्ञापन गरेको पनि देखिन्छ l आखिर किन कम्पनि अनुसार रेट फरक हुन्छ ? साथै कोरियामा हानपास रेमिट्यान्सले एक बर्षको  अबधिमा कस्तो कारोबार गर्यो ? ग्राहकलाइ कस्ता सेवा र सुबिधा थप्यो ? आदि बिषयमा  केन्द्रित रहेर कम्पनिका नेपाल मार्केटिंङ म्यानेजर के पी चौलागाई संग गरिएको कुराकानिमा आधारित एक रिपोर्ट l


प्रश्न – हानपास रेमिट्यान्सले १ बर्ष पुरा गरेको छ l कस्तो छ अहिले सम्मको कारोबार ?
उत्तर – हाल सम्मको कारोबार लाइ हेर्दा समग्रमा राम्रै छ l डीसेम्बार सम्मको कारोबार लाइ हर्नेहो भने २५ हजार भन्दा धेरै ग्राहकहरु बैंक खाता सहित  दर्ता भैसकेका छन भने l  ३५ सयको बैंक खाता दर्ता भएको छैन lऔसतमा हेर्दा मासिक १३ हजार ग्राहकले हानपास बाट पैसा पठाउने गरेका छन् l
प्रश्न – रेमिट्यान्स कम्पनीलेले एक बर्ष पुरा गर्दा ग्राहकलाइ के कस्ता सुबिधा हरु थपिएका छन ? संछिप्तमा बताइदिनुस न ?
उत्तर –  यहि जनवरी देखि हानपास रेमिट्यान्सले आफ्नो स्थापनाको एक बर्ष पुरा गरेको छ l यो अबधिमा हामीले ग्राहक हरुलाई  अत्यन्तै छिटो छरितो सेवा प्रादान गर्दै आइरहेका छौं l घरमै बसीबसी हानपासको खाता खोलेर पैसा पठाउन सकिन्छ l भने नेपालको सन् राइज बैंकमा  इजी लिंक खाता खोलि तुरुन्तै भुक्तानी लिन सकिने ब्याबस्था पनि छ l यस अलावा नेपालका अति दुर्गम स्थान लगाएतका अधिकांस बैंक हरुमा पठाएको पैसा डिपोजिट हुने ब्याबस्था छ l साथै रेमिट्यान्स मार्फत नगद भुक्तानीको ब्यापस्था पनि हानपासले गरेको छ l त्यस्तै हानपास रेमिट्यान्स बाट दिइएका थप सुबिधाहरु मा लोन सेवा सिम तथा किस्तामा फोनहरु र हवाई टिकटहरू समेत रहेको छ l
प्रश्न – किन रेमिट्यान्स अनुसार रेट फरक पर्न जान्छ ?
उत्तर – रेमिट्यान्स हरुले आफले बिनिमयदरमा राख्ने मार्जिनको आधारमा रेट फरक पर्न जान्छ
प्रश्न – नेपालमा रेमिट्यान्स गरेको भन्ने प्रमाण के हुन्छ  ? डिपोजिट हुदा ग्राहको नाम बाट त हुदैन ?

नेपालमा रेमिट्यान्स बाट पठाएको भन्ने प्रमाणको लागी हामीहरले ग्राहकले माग गरेमा उहाहरुको  ईमेलमा स्टेटमेन्ट पठाउछौ जुन सेटेटमेन्ट ले नेपाल तथा कोरियामा जुनसुकै कारोबारको लागि  काम गर्छ ।
प्रश्न – अन्त्यमा के भन्न चाहनु हुन्छ ?
अन्त्यमा मा केहि कुरा जोड्न चाहन्छु। अहिले कोरियाको बजारमा रेमीट खुले सगै रेमिट प्रति ग्राहकको भिड बढेको देखिन्छ। तर जति मात्रामा रेमिट प्रयोग हुनुपर्ने हो त्यो देखिदैन। सम्पुर्ण रेमिटमा दर्ता गर्ने तर रकम हुण्डीबाट पठाउनेको सङ्ख्या पनि उल्लेख्य छ । अहिले हुण्डिकारोबारीले एडभान्सरुपमा नेपालमा रकम डिपोजिट गर्ने जस्ता काम गर्ने हुदा पनि रेमिटमा सोचेजस्तो प्रयोगकर्ता बढेको पाईदैन। अझै पनि धेरै ठाउहरुमा हेर्दा बाहिर समाजसेविको नाम लिने तथा अान्तरिक रुपमा हुण्डीलाई नै प्रोत्साहन गर्नेहरूपनि देख्न सकिन्छ, नेपाल सरकारबाट कोरियालाई बिशेष निगरानिमा राखेर कडाई गरेमा नेपालमा बैधानिक माध्यमबाट जाने रकम बाढाउन सकिन्छ। खुल्ला  तथा प्रतिस्पर्धाको बजारमा धेरै कम्पनि हरु आउनु सेवाग्राहीको लागी राम्रो हो तर यसका साथै हुण्डी रोकथामका लागी पनि रेमिटकम्पनि हरु एक हुनु पर्ने देखिन्छ। रेमिटकम्पनि बिच सहकार्य बाटनै बैधानिक रुपमा प्रयोग कर्ता बढाउन सकिन्छ जस्तो लाग्दछ ।

-- Ad --