कोरियामा हिजो राती राम्रोसँग सुतेको एक नेपाली विहान मृत फेला

16011

कोरियामा सुतेको अवस्थामा फेरी एक नेपाली युवाको निधन भएको छ । छुन्छङनाम्दो उन्संगुनस्थित एक बंगुर फार्ममा कार्यरत कैलालीका तीस वर्षीय प्रमोद चौधरीको सुतेको अवस्थामा निधन भएको हो । हिजो राती राम्रोसँग खानपीन गरेका सुतेका चौधरी बिहान ड्युटी जाने टाइममा नउठेपछि साथीले उठाउन खोज्दा मृत फेला पारेका थिए । इपिएस मार्फत रोजगारीका लागि चौधरी तीन वर्ष अघि कोरिया आएका थिए । विवाहित समेत रहेका चौधरीको शव अहिले पोष्र्टमार्टमका लागि स्थानिय अस्पतालमा राखिएको छ ।

चौधरीको निधनका बारे राजधानी सउलस्थित नेपाली एम्बेस्सी र नेपालमा रहेका परिवारलाई जानकारी गराइएको शिवसंकर महतोले बताउनुभएको छ । मृत चौधरीले काम गर्ने फार्ममा दुइ जना नेपाली कार्यरत छन् ।

कोरियामा राती राम्रोसँग सुतेको मानिस विहान उठ्दा मृत फेला हुने क्रम अझै रोकिएको छैन् । यस प्रति नेपाल सरकार र सम्बन्धीत निकाय गम्भिर अझै हुन सकेको छैन् । नेपालीको स्वास्थ्य लगायतको अवस्था बुझ्न गएको नेपाली चिकित्सकको टोलीले पनि अझै प्रतिवेदन सार्वजानिक गर्न सकेको छैन् ।

प्रतिक्रियाहरू