कोरियामा हुण्डी कारोबारीको विस्वासमा पर्दा फेरी ठगिए नेपाली, महिनौको पसिना सम्झेर रुवाबासी

0
14176

दक्षिण कोरियामा अवैधानिक च्यानल हुण्डी कारोबारीबाट नेपाली ठगिने क्रम अहिले पनि जारी छ । कठिन काम र व्यस्त समयको फाइदा लुट्दै हुण्डी कारोबारीले सोझा नेपाली मजदुरलाई ठगि गर्दै आएका छन् । कम शुल्कको प्रलोभन र विस्वासमा पारी नेपालमा पैसा पठाइदिन्छु भनेर हुण्डी कारोबारीले पैसा लिएर पनि ६ महिना पुरा भएपनि पैसा दिएका छैन् । साना माछाधारी ४, ५ जना हुण्डी कारोबारीले ६ महिना अघि दर्जनौबाट लिएको करोडौ रकम अझै सम्म पनि फिर्ता नगर्दा पिडितहरु रुवावासीमा छन् । मल्ल थर एक मजदुरले कोरियाको नाम चलेको संस्थाका एक पुर्व पदाधिकारीलाई १७ लाख रुपैया नेपाल दिन दिएको पैसा अझै फिर्ता गरेका छैन् । ति हुण्डीवालाबाट धेरै ठगिएका छन् भने ठगिने क्रम पनि जारी छ । श्रीमती विरामी भएर अस्पताल भर्ना भएर तत्कालै पैसा दिन बस्नेत थरका पिडितले उसको एकाउण्ट ४ लाख पचास हजार नेपाली रुपैया हुने गरी कोरियन वोन डिपोजिट गरे । तर ५ महिना भयो न ती हुण्डीवालाले नेपाल पैसा न अहिले सम्म कोरियामा पैसा फिर्ता गरे । टेलिफोन कुराकानीमा पिडित आफ्नो पसिना सम्झेर बेस्सरी भक्कानिए । पिडितले श्रीमती विरामी भएकोले छिटो हुन्छ भनेर विस्वासमा परी पैसा दिएको र यसरी पिडा दिन्छ भनेर नसोचेको बताए । त्यसैगरी महिला हुण्डी कारोबारीबाट ठगीमा परेकी चेलीको पिडा पनि त्यस्तै छ । कृषि क्षेत्रमा कार्यरत ति पिडितले आफ्नो रकम फिर्ताको पहल गर्न मिडिया र नेपाली दूतावासलाई आग्रह गरेकी छिन् । उनले नेपाली दूतावास, कोरियन प्रहरी र मिडियालाई आफु ठगीएको बारे उजुरी दिने तयारी रहेको बताइन् । ती पिडित नेपाली १० लाख रुपैया हुण्डीवालाले ठगी गरेका छन् । यसैगरी भण्डारी, कुँवर, श्रेष्ठ थरका मजदुर पनि तीन जना बलिया हुण्डी कारोबारीबाट पाँच लाख भन्दा बढिका दरले ठगिमा परेका छन् भने ठगीमा परेका पिडित सम्पर्कमा आउने क्रम पनि बढेको छ । सवै जना कोरियामा रेमिट कम्पनीले कारोबार शुरु गर्नु अघि हुण्डी कारोबारीको विस्वासमा पर्दा ठगीमा परेका हुन् ।
नेपाली दुतावासले हुण्डी कारोबारीबाट ठगीमा परेको भए मौखिक र लिखित उजुरी दिन भनेको छ । दुतावासमा आउन सम्भव नभए नजिकैको प्रहरी चौकीमा प्रमाण सहित उजुरी दिन पनि दुतावासले हुण्डी कारोबारीबाट ठगिएका सवैलाई भनेको छ भने वैधानिक च्यानल प्रयोग गर्न पनि आग्रह गरेको छ ।
कोरियामा पछिल्लो समयमा रेमिट्यान्स कारोबार गर्ने रेमिट कम्पनीबीच तिब्र प्रतिस्पर्धा छ । तर अवैधानिक च्यानल हुण्डी कारोबार यथावत नै छ । हुण्डी कारोबारी विरुद्ध नियमन निकाय र दूतावासले सुक्ष्म अध्ययन र आक्रमक कदम नचाल्दा अवैधानिक हुण्डी कारोबार हट्न नसकेको हो । रेमिट कम्पनीहरुले सस्तो, सर्वसुलभ र सहजरुपमा रेमिट्यान्स सेवा दिएपनि हुण्डी कारोबार रोकिन नसक्दा यसबाट रेमिट कम्पनी मर्कामा पर्ने सम्भावना पनि छ । हुण्डी कारोबार विरुद्ध रेमिट कम्पनी तथा बैकिङ च्यालन एकजुट भएर अगाडि बढ्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here