कोरियामा हुण्डी कारोवारी धमाधाम पक्राउ पर्न थाले, एक जनालाई नेपाल डिपोर्ट

6503

कोरियाली प्रहरीले केही नेपाली हुण्डी कारोवारीहरुलाई पक्राउ गरेको छ भने केही हुण्डीवाला प्रहरीको फरार सूचीमा रहेका छन् । केही हुण्डी कारोवारीहरुलाई पक्राउ गरेको र केही अहिले फरार रहको स्रोतको दावी छ।

दोंगदेमुनमा बसेर हुण्डी कारोवार गर्ने एक जना व्यापारी अहिले करोडौ रकम सहित फरार रहेको र एक जना हुण्डी कारोवारीलाई १ महिना सम्म थुनामा राखेर नेपाल डिपोर्ट गरेको छ। ती हुण्डी कारोवारीलाई नेपाल डिपोर्ट गर्दा पिडितहरुको करोडौ रकम डुबेको छ।

ती पिडितहरुले दुतावासलाई जानकारी गराएको तर दुतावासले केही गर्न नसक्ने जवाफ दिएको पिडितहरु बताउछन्। दुतावासले बैधानिक तरिकाबाट रकम पठाउन सचेत गराएको भन्दै हुण्डीवाला मात्र नभएर पठाउने पनि दोषी हुने भन्ने जवाफ दिएको पिडितहरु बताउछन्।

दूतावास स्रोतका अनुसार केही नेपालीहरुले आफ्नो खाताबाट धेरै रकम कारोवार भएकोले फरक पर्छ की पर्दैन भनेर सोधेको तर दूतासले त्यसरी खातामा धेरै रकम हुनु गैरकानुनी रहेको भन्दै सचेत गराएको बताइएको छ।

त्यस्तै अर्का एक जना हुण्डी कारोवारीलाई प्रहरीले खोजी गर्न थाले पछि उनी सम्पर्क बिहिन छन् । उनी फरार हुँदा नेपाली श्रमिकहरुको ६ करोड नेपाली भन्दा बढी रकम डुब्ने खतरा रहेको स्रोतको दावी छ।पछिलो समय सर्वसुलभरुपमा रेमिट कम्पनीहरुले सेवा दिए पनि अझै केही नेपालीहरु हुण्डी मार्फत पैसा पठाउँदा ठगिन पुगेका हुन् ।

प्रतिक्रियाहरू