कोरियामा हुण्डी दलालहरु नै ठगिन थाले पछि

3212

दक्षिण कोरियामा हुण्डीवालाले करौडौ रकम कुम्लाएर भागेका समाचारहरु बेला बेलामा आइरहन्थे । तर पनि ठगी गर्ने ब्यक्तीका विरुद्ध हालसम्म कुनै पनि निकाय न नेपाली दुतावास न कोरियामा समाजसेवीको छवि बनाएका समाजसेवी कोहि पनि चइक्क सम्म बोल्न सक्थेनन । यसो गर्दा कोरियामा हुण्डीका दलालहरु सहजरुपमा क्रियाशिल हुदै आएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सउल स्थित नेपाली दुतावासलाई हुण्डीको समिती बनाइदिन भन्दै दुतावासको बैधानिकता माथि नै प्रश्न गर्दा पनि दुतावासलाई मतलव छैन । हुण्डीवालाहरु समाजिक सञ्जाल फेसबुकमा खुल्ला रुपमा पैसाको बार्गेनिगं गर्दै दुताबास र सम्वन्धित निकायलाई खुला चुनौती दिएका छन ।

समाजिक सञ्जाल फेसबुकमा इपिएस फेमिली नामको ग्रुपमा हुण्डी मनि एक्सप्रेसको नामबाट खुलारुपमा हुण्डी गर्नेहरु प्रशस्त भेटिन्छन् । कोरियामा अहिले हुण्डी गर्ने दलालहरुले नेपालमा अग्रिम भुक्तानी गरि पछि कोरियामा पैसा उठाउने गरेका छन् ।

ति दलालहरु कोरियामा रहेको नेपालीहरुको नेपालमा सम्वन्धित ब्यक्तिको खातामा पैसा जम्मा गरिदिन्छन र कोरिया नेपालीहरुसँग पैसा माग्ने गर्दछन ।

हुण्डीका दलालहरुले नेपालमा पैसा जम्मा गरेपछि कोरियामा रहेका नेपालीहरुलाई सम्पर्क गर्छन र पैसा हालिदिन दलालहरुले आफ्नो खाता नदिई अरुको नाममा रहेको खाता नम्वर दिने गर्दछन् । जसबाट दलालहरु आफू सरक्षित भएको महशुस गर्दछन् ।

कोरियामा कुनै पनि नेपालीको बैक खातामा अवैधानिक रुपमा पैसाको कारोवार भएको पाईए कानुनी कार्वाही भोगी नेपाल डिपोट हुन्छन् ।

हुण्डीका नाममा यसरी अग्रिम भुक्तान गर्र्दा एक दलालीको नेपाली साढे २ लाख रुपैया ठगिए पछि फेसबुक सामाजिक सञ्जाल फेरि तातेको छ । नेपालमा पैसा जम्मा भइसकेपछि हुण्डीका दलालले कोरियामा सम्पर्क गरि पैसा जम्मा गरिदिन भनेपछि जम्मा गरिदिने ब्यक्तीहरु मोवाईलको सिम नै परिवर्तन गरि सम्पर्क विहिन हुदा हुण्डीका दलालहरु ठगिन थालेका हुन ।

हुण्डी आफैमा अवैधानिक भएकाले उनिहरुले कहि कतै उजुरी गर्न सक्दैनन झन सम्वन्धित निकायले थाहा पाए हुण्डीका दलाल आफै कानुनी कार्वाहीमा पर्दछन ।

यसकारणले पनि थोरै पैसा कमाउने लोभमा अवैधानिक बाटो रोज्ने हुण्डीका दलालहरु अहिले निकै अप्ठेरोमा परेका छन । दक्षिण कोरियामा हुण्डीको नाममा ठग्ने र ठगिने क्रम बढ्दो छ । सम्वन्धित निकाय भने यसबारे मौन देखिएको छ ।

प्रतिक्रियाहरू