कोरियामा हुण्डी बाट ठगिदै नेपाली ,दुतावास भन्छ उजुरी आए कारबाही हुन्छ

1641

दक्षिण कोरियामा अवैधानिक च्यानल हुण्डी कारोबारीबाट नेपालीहरु  ठगिने क्रम तिब्र बनेको छ ।  कठिन काम र व्यस्त समयको फाइदा लुट्दै हुण्डी कारोबारीले सोझा नेपाली मजदुरलाई ठगि गर्दै आएका छन् । कम शुल्कको प्रलोभन र विस्वासमा पारी नेपालमा पैसा पठाइदिन्छु भनेर हुण्डी कारोबारीले पैसा लिएर १ बर्ष  पुरा हुदा पनि  पैसा नदिएको पिडित नेपाली हरुले गुनासो छ  ।

“रेमिट्यान्स कम्पनिहरु सर्वसुलब हुदाहुदै पनि एक दुइ हजारको प्रलोभनमा परेर हुण्डी वालाको विश्वासमा  परियो तर एक बर्ष बित्दा पनि दिएको पैसाको कुनै अत्तो पत्तो छैन ” पिडित बिनोद सुबेदी बताउछन l उनले आफुले नेपालमा घर निर्माण गर्ने क्रममा तुरुन्त पैसा चाहिएकोले साथीभाईहरु संग सरसापटी गरेर ७ लाख नेपाली रुपिया पठाएको हुण्डीवालाले आज हुन्छ  भोलि  हुन्छ भन्दा भन्दै एक बर्ष बितिसक्यो नत नेपालमा पैसा पुग्यो नत कोरियामै फिर्ता दियो l आजकल त फोन समेत उठ्न छाड्यो  ” l उनले गुनासो पोखे

त्यस्तै गुल्मीका चन्द्र गौतमले हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा आफ्नो गुनासो यसरि पोखे l  ” कोरियाको नाम चलेको संस्थाकै ब्याक्ति बाट  ठगिन पुगियो l बाहिर देख्दा संस्थामा अबद्व समाज सेवी जस्तै लागेर विश्वास गरियो तर अहिले आएर नराम्रो संग पैसा डुवाइयो l” आफुले २०१७ को डिसेम्बर १३ र १४ तारिखमा नेपाल पैसा पठाउन हुण्डीवालाको खातामा हल्दिएको रकम मध्ये  ३ लाख ५० हजार रुपिया यतिका समय बितिसक्दा पनि  नपाएको गुनासो गरे l आफुसंग पैसा पठाएको प्रमाण समेत सुरक्षित रहेको समेत बताए l

त्यसैगरी स्याङ्जाका राजु नौपानेको पिडा पनि उस्तै छ l उनि पनि  कोरियाकै नाम चलेको संस्थामा अवाद्व ब्याक्ति बाटै ठगिएको बताउछन l “पैसा उठ्छकी भन्ने आशाले कहिँ कतै नभनी चुप बसे तर १ बर्ष पुग्दा पनि कुनै अत्तो पत्तो छैन l प्रलोभनमा पर्दा नराम्रो संग ठगियो ”

गुल्मीका श्याम पुनुवारको पनि कथा उस्तै छ l कोरियाको भिषा सकेर हाल नेपालमा रहेका उनि भन्दछन ” हुण्डी बाट पठाएको ५ लाख रुपिया मध्ये २ लाख रुपिया १ बर्ष पुग्दा पाइयो अब बाँकि ३ लाख कहिले पाइने हो अत्तो पत्तो छैन l एक महिना दुइ महिना भन्दा भन्दै नराम्रो संग डुबीयो “l पैसा तिर्छु भन्ने कागज सम्म बनएको प्रमाण आफु संग रहेको  पनि उनि बताउछन l

यी त केहि उदाहरण मात्र हुन l कोरियामा बिभिन्न प्रलोभनमा परि ठगिने नेपाली हरु प्रसस्तै छन l यसरि नेपाली ठग्ने हरु प्रयाजसो बिभिन्न संघ संथामा आवद्व र बाहिर हेर्दा समाजसेवी ब्याक्तिहरुनै भएको पिडितहरुको गुनासो छ l

उजुरी आए कारवाही हुन्छ – नेपाली दुतावास

पिडितको गुनासो वारे सोल स्थित नेपालि दुतावासमा सम्पर्क गर्दा यसरि ठगिएको वारे आफुहरुलाई केहि मौखिक रुपमा जानकारी आएको भएतापनि कुनै पनि लिखित निबेदन नआएको उपनियोग प्रमुख किरण शाक्यले बताए l हुण्डी कारोबारलाई नेपालको कानुनले बर्जित गरिरहेको अबस्थामा यसरि आफु ठगिएको प्रमाण सहित उजुरी आएमा कारबाहीको प्रक्रिया अगाडी बढ्ने समेत उनले बताए l

हाल कोरियामा रेमिट्यान्सहरु  सर्बसुलब भैरहेको अबस्थामा अबैध हुण्डीको मध्यम रोज्नु आफ्नै पनि कमजोरी रहेको भन्दै शाक्यले दुइ चार हजारको प्रलोभनमा अबैध बाटो रोज्नु भन्दा बिदेशमा मिहनेतले कमाएको पैसा रेमिट्यान्स मार्फत पठाएर एउटा जिम्मेवार नागरिक बन्न कोरिया वासी सम्पूर्णलाइ अनुरोध समेत गरे l

नेपालि ठग्ने मनसाय बोकेर  कुनै पनि संस्थामा नआउनुस – लक्ष्मी लामा गुरुङ ( अध्यक्ष एन आर एन ए कोरिया )

कोरियामा बिभिन्न बहानामा नेपालीले नेपाली ठग्ने गरेको एन एन आर एन ए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङको भनाइ छ  l एक दुइ जना खराब आचरण बोकेको ब्याक्ति सामाजिक संथामा आबद्व हुदा सिंगो संस्थाको प्रतिष्ठामा आंच आउने भएकोले त्यस्तो ब्याक्ति बिशुद्व सामाजिक संथाहरु बाट अलग रहनु पर्ने गुरुङको धारणा छ l आफुलाई पनि बिभिन्न संघ संघसंथामा रहेकै नेपालीले ठगेको गुनासो आउने गरेको बताउदै गुरुङले त्यस्ता ब्याक्तिहरु वाट सजक रहन पनि अनुरोध गरिन l उनले कोरियामा अहिले बैधानिक रुपाले पैसा पठाउने माध्यम सजिलो भएकोले सकेसम्म हुण्डीको  प्रयोग नगर्न समेत सुझाब  दिइन  l

हेल्लो नेपाल कोरिया डट कम संगको फोन कुराकानीमा गुरुङ ले प्रवासमा रहेका  नेपाली हरुको रगत र पसिनाको कमाइको कमाइ बाट आएको रेमिट्यान्स ले धानिएको सरकारले उक्त देशमा रहेका आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति दिनु पर्नेमा जोड दीइन l कोरियामा कहि कतै आपत बिपत पर्यो, कोहि गम्भीर बिरामी पर्यो भने  नेपालि हरु बीच सहयोग  उठाएर उपचार गराउनु पर्ने अबस्था  छ l कतिपय अबस्थामा मृतकको शव नेपाल पठाउन समेत चन्दा संकलन गर्नु पर्ने अबस्था रहेको समेत बताइन l “यस्तो अबस्थामा सरकाले रेमिट्यान्सको मात्र आसा गरेर  हुदैन l नागरिकको सुरक्षा तर्फ पनि ध्यान पुर्याउन जरुरि छ” l उनले थपिन

कोरियामा पछिल्लो समय  रेमिट्यान्स कारोबार गर्ने रेमिट कम्पनीबीच तिब्र प्रतिस्पर्धा छ । तर अवैधानिक च्यानल हुण्डी कारोबार यथावत नै छ । हुण्डी कारोबारी विरुद्ध नियमन निकाय र दूतावासले सुक्ष्म अध्ययन र आक्रमक कदम नचाल्दा अवैधानिक हुण्डी कारोबार हट्न नसकेको हो । रेमिट कम्पनीहरुले सस्तो, सर्वसुलभ र सहजरुपमा रेमिट्यान्स सेवा दिएपनि हुण्डी कारोबार रोकिन नसक्दा यसबाट रेमिट कम्पनी मर्कामा पर्ने सम्भावना पनि छ । हुण्डी कारोबार विरुद्ध रेमिट कम्पनी तथा बैकिङ च्यालनहरु  एकजुट भएर अगाडि बढ्न पनि आबस्यक देखिन्छ   ।

प्रतिक्रियाहरू