कोरियामा हुने भनिएको आइएसए अवार्ड प्रति केहि बुद्विजिवीहरु द्वारा घोर आपत्ति ,औचित्य वारे उठ्यो प्रश्न

1561

दक्षिण कोरियामा यहि डिसेम्बर २२ तारिख आयोजना हुदैगरेको अन्तराष्ट्रिय समाजवाद पुरस्कार ( ISA Award) प्रति कोरियामा लामो समयदेखि सामाजिक कार्यमा संलग्न हुदै आएका केहि बुद्विजिवी सर्कलहरुले आफुलाई कुनै पनि सोधपुछ नगरी आफ्नो नाम जोडिएको भन्दै ब्यापक असन्तुष्टि जनाएका छन् l

कोरियामा लामो समयदेखि सामाजिक कार्यमा अग्रसर रहदै आएका पुराना ब्यावासायी के पि सिटौला ,बिनोद कुँवर ,आश्था बिन्दु मल्ल लगाएतले फेसबुक स्टाटस लेख्दै कार्यक्रमबारे आफुलाई कुनैपनि जानकारी नभएको तथा सोधपुछ बिनै   मिडिया मार्फत  नाम आएको प्रति खेद प्रकट गरेका छन् l

त्यस्तै सामाजिक ब्याक्तित्वहरु सन्तोष अधिकारि , सरोज केसी , चन्द्रलामा अनुराग , बैरागी माइला ,लक्ष्मीनारायण बस्नेत , खगेन्द्र बुढा लगाएतले  कार्यक्रमको औचित्य वारे प्रश्न गरेका छन् l त्यस्तै जनसम्पर्क समितिका अध्यक्ष  आस्थाबिन्दु मल्लले कोरियामा  बिबादित ब्याक्तिहरु संलग्न रहेको अवार्ड आफुले नलिने समेत स्पस्ट पारेकी छन् l  पुर्व एनआरएनए अध्यक्ष लक्ष्मी गुरुङले अवार्ड पाउनको  नोमिनेसमा परेका अधिकांस  ब्याक्तिहरुनै नै कोरियामा बिबादित भएकोले यो अवार्डको कुनै  औचित्य नरहेको बताएकी छन् l त्यस्तै पपत्रकार गुरुदत्त नौपानेले पनि यस्तो बिबादित अवार्ड स्वीकार नगर्ने फेसबुक मार्फत स्पस्ट पारेका छन् l

कोरियामा उक्त कार्यक्रमको ब्यापक रुपमा बिरोध भएतापनि हाल सम्म आयोजक भने मौन छ l बिसेष धन्यवाद भनेर एनआरएन कोरिया ,पत्रकार महासंघ , कोरिया स्थित नेपाली दुतावासको लोगो समेत राखिएको भएतापनि ति  संस्थाहरुले  हाल सम्म कुनै प्रतिक्रिया दिएका छैनन् l

कार्यक्रमको औचित्य वारे यसरि प्रश्न उठेका छन्

 

प्रतिक्रियाहरू