कोरियामा हृदयघातका कारण एक नेपालीको ज्यान गयो

2600

इपिएस मार्फत रोजगारीका लागि कोरिया आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ l २ बर्ष ६ महिना  पहिले कोरिया आएका ३४ वर्षिय योगेन पयाँगु लिम्बुको मृत्यु भएको दक्षिण कोरियाका लागि नेपाली राजदुतावासले जानकारी दिएको हो।

तेर्ह्थुम म्याङ्लुङ नगरपालिका १० निवासी मृतक लिम्बु चुङ्गनाम प्रान्तको होङसङ गुन स्थित एक बङ्गुर फार्ममा कार्यरत थिए भने केहि महिना अघि उनी डाइबेटिजको औषधी खादै आइरहेको र पछिल्लो केहि दिन देखि सास फेर्न केहि गाह्रो, पिसाब पनि हल्का रातो र दिशा पनि केहि कालो देखिएपछि स्थानिय अस्पतालमा देखाउदा अलि ठुलो अस्पताल होङ्गसनमा रिफर गरेको थियो । होङ्गसङबाट पनि हिजो बुधबार छनान स्थित एक अस्पतालमा रिफर गरे संगै रगत, दिशा, पिसाब, एम.आर.आइ. सबै चेक गरि सके पछि बिरामी सामान्य अवश्थामा आएको कारण आज बिहान उहाँलाई इमरजेन्सीबाट साधारण वार्डमा सारिएको थियो । “तर केहि समय पछि अचानक थरर काप्नु भयो र ढल्नु भयो । केहि समय पछि मुटुले काम गर्न छोड्यो र डाक्टरले मृत घोषणा गरे” संगै काम गर्ने पवन लिम्बुले बताएका छन् ।

केहि समय पछि छुट्टीमा नेपाल जाने तयारीमा रहेका उनको नेपालमा एक छोरी समेत रहेको बुझिएको छ l अहिले मृतकको शबलाई होंङगसङको शबगृहमा राखिएको छ। घटना बारे सउल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा घटना सत्य भएको र मृतकको शबलाई नेपाल पठाउने तयारी भइरहेको बताएको छ भने कोरियामा दिनानुदिन चिसो बढ्दै गइहेकोले चिसोबाट बच्न आफ्नो कोठाको तापक्रममा ध्यान दिन, मादक पदार्थ सेबन नगर्न, सकभर झोलिलो खानेकुरा खान तथा न्यानो कपडा लगाउँन श्रम कन्सुलर डिल्लीराम बास्तोलाले कोरियाबासी नेपालीहरुलाई आग्रह गर्नु भएको छ l

प्रतिक्रियाहरू