कोरियामा हेप्पी डेज प्रदर्शन गरिने

0
1549

सिन्धु समाज दक्षिण कोरियाको आयोजनामा यही आइतबार अ र्थात जुन ३, २०१८ मा नेपाली कथानक चलचित्र “Happy Days” राजधानी सौल स्थित जोगेशा गुम्वा हलमा प्रदर्शन हुँदैछ ।

समाजले गरिव तथा जेहेन्दार विधार्थी को छात्रवृत्ती कोष स्थापनार्थ प्रस्तुत गर्न लागेको चलचित्रमा सुपर स्टार नायकहरु दयाह्यङ राई,सन्जय गुप्ता तथा नायिकाहरु प्रियंका कार्की र दिया पुनको बेजोड प्रस्तुती रहेको छ ।
लन्डन तथा युरोपका विभिन्न शहरहरुमा छायांकन गरिएको र बेलायत , जापान , र क्यानडा लगायतका देशहरुको रेड कार्पेट सोहरुमा समेत तहल्का मच्चाउन सफल “Happy Days” ले दर्शकको मन जित्ने कुरामा आफु बिश्वस्त रहेको समाजका अध्यक्ष्य संजीव भण्डारी बताउँछन ।

-- Ad --


कमेडी र Love Story मिश्रीत यो चलचित्र नेपालमा बैशाख १४ , २०७५ बाट प्रदर्शनमा आएको हो भने NFDC राष्ट्रीय चलचित्र पुरस्कारमा सम्मानित सर्बोत्कृष्ट निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here