कोरियामा होसियार रहनुस्! फेरी इन्छनबाटै फर्कनुपर्ला नि..

0
1619

सन् २०१५ मा कोरियाको योङगीनमा स्कुटर चलाएको बखत कोरियन प्रहरीले एक नेपालीलाई सामान्य सोधपुछ गरी छोडिदियो । विना लाइसेँन्स कोरियामा स्कुटर हाकेका धादिङ्का किरण केसी (नाम परिवर्तन) ले ‘लाइसेँन्स विनै स्कुटर चलाउँदा पनि प्रहरीले आफूलाई कुनै कारवार्ही र जरिमाना नतिराएको भन्दै मख्ख’ परेका थिए । तर अस्ति इन्छन विमानस्थलबाटै नेपाल फर्कनुपर्दा भने छक्क परे ।

उतिबेला नाम र कोरियन परिचयपत्र नम्बर टिपेर लगेको कोरियन प्रहरीले केसीलाई ‘लाइसन्स विनै स्कुटर हाकेर ट्राफिक नियम फलो नगरेको’ नोटिस अध्यागमनमा पठाइदिएकोले अध्यागमनले उनलाई कोरिया पुन प्रवेशमा रोक लगाइदियो । इपिएसमार्फत सम्पुर्ण प्रक्रिया पुरा गरी पुन कोरिया आएका उनी अन्ततः इन्छन विमानस्थलबाटै स्वदेश फर्किनु प¥यो ।

-- Ad --


उनि त उदाहरण मात्र हुन् । सामान्य देखिने कृयाकलाप फलो नगर्दा पछिल्लो समय धेरै आप्रवाशी कामदारहरु विमानस्थलबाटै स्वदेश फर्किनु परेको छ ।

पहिलो कार्यकाल बस्दा विना अनुमति समुन्द्रमा फोटो खिचेका, ट्रेनमा फोटो खिचेका, लाइसेन्स विना सवारी चलाएका, मद्यपान गरी झगडा गरेका, धुम्रपान प्रतिवन्दीत ठाउँमा धुम्रपान सेवन गरी प्रहरीले सोधपुछ गरी छोडिदिएका आप्रवाशीलाई पुन प्रवेशमा रोक लगाइएको छ ।

दक्षिण कोरिया आएर स्वदेश फर्किएका र स्वदेशबाट विभिन्न भिषा लगाई पुन कोरिया प्रवेश गर्न लागेका धैरै विदेशी नागरिकलाई कोरियाको इन्छनमा रहेको विमानस्थल अध्यागमन विभागले स्वदेश फिर्ता गरिदिएको छ ।

विभिन्न अपराध र आतंकबादी हमलामा संलग्न हुनसक्ने अड्कल गरी अध्यागमन विभागले २५ हजार ९८९ जना विदेशीहरुलाई विमानस्थलबाटै फिर्ता पठाएको छ । यो सङ्ख्या २०१७ को अप्रिलदेखि हालसम्मको हो ।

कोरियामा कार्यरत रहदाको अवस्थामा विभिन्न अपराधमा संलग्न रहेको र फर्जि पासपोर्ट बनाइ पुन कोरिया प्रवेश गर्न खोजेका १३ हजार ३५८ जना, कोरियामा रहदाको अवस्थामा आप्रवाशी नीतिनियमको उल्लङघन् गरेको आरोपमा १ हजार ६२१ जना, इन्टरपोलले रेड नोटिस जारी गरेका ९४७ जना लगायतका धेरै विदेशी नागरिकलाई कोरियाको विमानस्थल अध्यागमनले कोरिया प्रवेश गर्न नदिई स्वदेश फर्काइदिएको छ ।

उनिहरु विभिन्न देशबाट कोरियाको भिषा लगाई आएका थिए । जसमध्य उज्बेगिस्तानबाट आएका एक युवक आतङ्कबादी समुह आइएसआइएसमा संलग्न भएको अध्यागमन विभागले जनाएको छ ।

न्याय मन्त्रालयका अनुसार सन् २०१७ को अप्रिलदेखि हालसम्म विदेशी मानिसहरु विमानस्थलबाटै फिर्ता भएका छन् । जसमध्य हरेक महिना करिब १ हजार ५०६ जना फिर्ता हुने गरेका छ ।

कोरियामा अवैधानिकलाई अवसर

दक्षिण कोरियामा अवैधानिक हैसियतमा रहेका आप्रवाशीहरु तोकिएको समयधिमा स्वदेश फर्किएका पुन कोरिया प्रवेश गर्न पाउने भएका छन् ।

यहाँको न्याय मन्त्रालयले सन् २०१८ अक्टोबर १ देखि २०१९ मार्च ३१ भित्रमा स्वयक्षिक रुपमा स्वदेश फर्किएमा कुनैपनि बाधाअवरोध विनै पुन प्रवेश पाउने अबसर खुलाएको छ ।

यदि स्वयक्षिक रुपमा नफर्किए र अध्यागमनले पक्रियर स्वदेश फिर्ता हुनुपरेको खण्डमा उक्त व्यक्ति १० वर्षसम्म पुन कोरिया प्रवेश गर्न नपाउने व्यवस्था छ ।
हत्या, हिंशा लगायतका विभिन्न आपराधिक क्रियाकलाप अवैधानिक आप्रवाशीबाट हुने जनाउँदै न्याय मन्त्रालयले यस्ता क्रियाकलाप नझाङ्गिओस भन्नका लागि उक्त अवसर दिएको हो ।

यौन दुव्र्यवहार भएमा सजिलै कार्यस्थान परिवर्तन

दक्षिण कोरियामा रोजगारीका लागि आएका प्रवाशी महिलाहरुमाथि कार्यस्थानमा यौन दुव्र्यवहार भएमा सजिलै कार्यस्थान परिवर्तन गर्न पाउने भएका छन् । मानवअधिकार आयोगका अनुसार कोरियाको कृर्षि क्षेत्रमा कार्यरत आप्रवाशी महिला कामदारहरु बढि यौनहिंशामा पर्ने गरेका छन् ।

आप्रवाशी महिला कामदारहरु कार्यस्थानमा यौन दुव्र्यवहारको सिकार हुने गरेको बताउँदै कोरियाको मानवअधिकार आयोगले उनिहरुले कार्यस्थान परिवर्तन गर्न पाउनुपर्ने भन्दै श्रम मन्त्रालयमा निवेदन दिएको थियो । उक्त निवेदन स्वीकृत गर्देै श्रम मन्त्रालयले अबदेखि काम गर्ने ठाउँमा महिलामाथि कुनैपनि यौनजन्य दुव्र्यवहार भएमा कम्पनी वा फमहाउस परिवर्तन गर्न पाउने छन् ।

कोरियामा रोजगारीका लागि आएका करिब ३० प्रतिशत महिला कामदारहरु यौनहिंशामा पर्ने गरेको आयोगको रिर्पोटमा उल्येख छ । यहाँ करिब ३ लाख २४ हजार आप्रवाशी महिला कार्यरत छन् । उनिहरुले कृर्षि फाम, रेष्टुरेण्ट र उत्पादनमुलक क्षेत्रमा काम गर्छन् ।

कोरिया आएकामध्य ५० प्रतिशत आप्रवाशी महिलाहरु कृर्षि क्षेत्रमा (ग्रिनहाउस) काम गर्छन् । उनिहरु कार्यस्थानमै बनाइएको घर (कन्टेनर) मा बस्नुपर्ने र त्यहाँ बढिभन्दा बढि यौनहिंशा हुने आयोगले जनाएको छ ।

मानवअधिकार आयोगले २०१६ मा गरेको एक सर्वेक्षण अनुसार ग्रिनहाउसमा काम गर्ने र कन्टेनरमा खानेबस्ने ८७ आप्रवाशी महिलामध्य ५५ जनाले यौन दुव्र्यवहारको सिकार हुनुपरेको बताएका थिए ।

आयोगले श्रममन्त्रिलाई उक्त हिंशाको बारेमा जानकारी गराउँदै आएको थियो । सोही अनुरुप यौनहिंशामा पर्ने आप्रवाशी महिला कामदारलाई सजिलै कार्यस्थान परिवर्तन गर्ने बातावरण मिलाईदिन फाम संचालकहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here