कोरियामा ह्याङला रिमठिम वनभोज आयोजनाको सम्पूर्ण तयारि पुरा

339

नेपाल तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङनाम्दो बुसानको आयोजनामा जुलाई २७ र २८ (शनिबार, आइतबार) मा हुने ‘ह्याङ्ला रिमठिम’ बृहत बनभोजको तयारी पुरा भएको छ । दक्षिण कोरियामा रहेका तामाङ समुदायलाई लक्षित गरेर गर्न लागेको कार्यक्रममा तीन सय भन्दा बढि तामाङहरु सहभागी हुने अनुमान गरिएको छ ।
‘छुङनाम खुमसान गुन छुवु म्यान सङदान’को सथेसान ड्रिम रिसोर्टमा हुने वनभोज कार्यक्रममाको सउल, सुवन, बुसान लगायत ठाउँहरुबाट नाम संकलन भइरहेको वनभोज कार्यक्रमका संयोजक गोकुल थोकरले भने । हामी सबै क्षेत्रलाई समेटेर लैजाने भएका छौ । सबै तिरबाट तामाङ र गैह्र तामाङ साथीभाइ सहभागी हुने भएका छन् । हामी उत्साहित छौ । उनले भने ।
तामाङ संस्थाले आयोजना गरेको कार्यक्रम भए पनि दक्षिण कोरियामा रहेका ईच्छुक सबै सहभागी हुन सक्ने आयोजक संस्था नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले भने । यो गर्मीलाई विर्सदै रमाइलो गर्ने कार्यक्रम हो । सबै साथीभाइ सहभागी हुन सक्छन् । वनभोजसँगै विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रम समेत हुने छ साथै नेपालकै जस्तो स्वच्छ पानीमा पौडिन पनि पाइने छ । उनले भने ।
कार्यक्रमको लागि सउल, सुवन, बुसान, मासन, किम्हे, थेगु लगायत क्षेत्रबाट बसको ब्यवस्था गरिएको छ । हामीले सबै क्षेत्रका साथीभाइलाई सजिलो हुने गरि सम्बन्धित ठाउँबाटै गाडीको ब्यवस्था गरेका छौ । तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानका कार्यवाहक अध्यक्ष सुजित घिसिङले भने । कार्यक्रम अहिलेसम्मकै नयाँ, ऐतिहासिक र मौलिक साँस्कृतिक वनभोज हुने बताएको छ ।
वनभोजमा सहभागी हुनका लागि महिलालाई ७० हजार वन र पुरुषलाई ८० हजार वन रहेकोछ । वनभोजमा सहभागी हुन चाहानेले आयोजकहरुलार्ई सम्पर्क गरी नाम टिपाइ आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू