कोरियामा १ महिना पहिले सफल फोक्सो प्रत्यारोपण गरेका अमृत कुँवरको निधन

3590

पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ घर भई ईपिएस प्रणालीमार्फत रोजगारीको लागी लगभग ३ वर्ष पहिले कोरिया आएका वर्ष २६ का अमृत कुँवरको आज निधन भएको छ । २०१९ को जनवरी ७ मा उनलाई  निमोनियाको समस्या देखिए पछि अस्पतालमा भर्ना गरिएको थियो ।

राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) को आईसियूमा विगत ६ महिनादेखी उपचारार्थ कुँवरको फोक्सोमा फ्लु भएर फोक्सोले काम गर्न छोडेपश्चात १ महिना पहिले फोक्सोको सफल प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण पश्चात बोल्ने हाँस्ने अवस्थामा रहेको बिरामी अचानक हिँजोवाट संक्रमण भएर विरामी भएकोमा आज आईतबार निधन भएको छ । मृतक कुँवरको  नवविवाहित श्रीमती रहेकी छिन् ।

कोरियामा केही समय पहिले अमृत कुँवर बचाऊ अभियानवाट रकम पनि संकलन गरिएको थियो । कम्पनीका साथीहरु, कोरियामा कार्यरत र कतारमा कार्यरत ६४३ जना नेपालीहरुले करिब १ करोड ६३ लाख वन जति रकम जम्मा गरिएको थियो । अभियानको सम्पुर्ण विवरण केहि दिनमा सार्बजनिक गर्ने अभियानकर्ता तथा निकै नै नजिकबाट सहयोग गरिरहनुभएका निकुञ्ज तिवारीले बताउनुभयो।

उपचारको लागी शुरुदेखी नै अहोरत्र खट्दै आउनु भएकी एन आर एन ए कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ्गले निराश हुँदै दैवको अगाडी कसैको केही नलाग्ने भन्दै निजको निधनबारे निकै नै दु:खदायी स्टाटस लेखेकी छिन्। अहिले निजको अवश्थाबारे घरपरिवारलाई सम्पर्क गरिएको र  शबलाई छिट्टै नेपाल पठाउने बारे पहल गरिएको अध्यक्ष गुरुङ्गले जानकारी दिइन् ।

उनको उपचारको क्रममा ११ जना नेपाली र एक जना फिलिपिन नगारिक गरि १२ जनाले रक्त्तदान गर्नुभएको थियो।

श्रोत:कोरियामा सञ्चालित अनलाइन मिडिया- मेरो प्रतिभा डट कम

प्रतिक्रियाहरू