कोरियामा ७ बर्षीय नेपाली बाल खेलाडीले जीते तेकवान्दोमा गोल्ड मेडल

638

कोरियामा एक ७ बर्षिय बाल खेलाडीले नेपालाई गोल्ड मेडल जिताउन सफल भएका छन् l
यहि अगष्ट १४ तारिख देखि १८ सम्म थेजन सिटीको सछनमा सम्पन्न सछन् अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनशीपमा पुम्से बिधा तर्फ बाल खेलाडी उत्कृस्ट जोसीले गोल्ड मेडल नेपाललाइ दिलाउन सफल भएका हुन् l
दक्षिण कोरियाको राजधानी सउलको दोंग्देमुंन स्थित दोङदेमुन तेक्वान्दो दोजाङमा बिगत डेढ बर्षदेखि ट्रेनिङ गरिरहेका बाल खेलाडी जोसीको स्तर हाल रेड बेल्ट रहेको छ । उनले सोहि स्तरका अन्य प्रतिष्पर्धीहरू भन्दा उत्कृष्ट प्रस्तुती दिएर उक्त गोल्ड मेडल हात पार्न सफल भएका हुन् ।

त्यस्तै गोल्ड मेडल जित्नेमा दिपेश मानन्धर, वेश माेहम्मद, राेशन खान, रमेश कार्की, समेत छन् l सिल्भरमेडल जित्नेमा दिपक न्याैपाने ले २ वटा
ब्रोंज मेडल हात पार्नेमा बिनायकमान राजभण्डारी, १ वटा सफल क्षेत्रीले २ वटा र रमेश कार्कीले १ वटा जितेका छन् l

प्रतिक्रियाहरू