कोरियाली अध्यागमनको गल्तीको कारण प्रवासी मजदुरको मृत्यु भएकोले दोषी उपर कार्वाहीको माग गर्दै कोरियालीले गरे सडकमै लम्पसार परी बिरोध प्रदर्शन

0
1435

गत अप्रिलमा कोरियाली अध्यागमनले गरेको धरपकडको क्रममा कोरिएन प्रहरी कर्मचारीले लडाएर मृत्यवरण गर्न पुगेका एक म्यानमारी प्रवासी मजदुर तानजतेइको मृत्यु भएको विषयलाई कोरिएन सञ्चार माध्यमहरुले आज पनि निकै चासोका साथ हेरेका छन्।
उनको मृत्यु पश्चात दोषीलाई उचित कारवाही हुनुपर्ने , धरपकड बन्द हुनु पर्ने , बिना भिषाको सबै प्रवासी श्रमिकलाई भिषा उपलव्ध गराउनु पर्ने , डब्लुपीएस ( Work Permit System ) लागु गर्नुपर्ने लगायतका माग गर्दै कोरियन प्रजातान्त्रिक मजदुर महासंघ ( केसिटियु), कोरियामा रहेका मजदुर यनियनहरु लगायत प्रवासी मजदुर युनियन ( Migrant’s Trade Union- MTU) ले कोरिया सरकारलाई दबाब दिदै आइरहेको छ।


म्यानमारी प्रवासी मजदुर तानजतेइको दोषी कोरिएन प्रहरी उपर यथाशीघ्र छिटो कार्वाहीको माग राख्दै कोरिएन युनियन,महासंघ तथा प्रवासी मजदुर युनियन – MTU ले गत सोमवार कोरियाको राजधानी सउल स्थित छोगेसा गुम्बादेखि राष्ट्रपति कार्यालय अगाडीसम्म घुडा टेकेर दुई हात भुइमा फिजाएर ढोग्ने (ओछेथुजी- कोरिएन भाषामा ढोग्ने) गरिएको थियो ।

-- Ad --


(दोषीलाई कार्वाहीको माग गर्दै कार्यक्रममा सहभागी एम.टि.यु. अध्यक्ष उदय राई)

यस अघि पनि यस अभियानको विरुद दोषी उपर कडा कार्वाहीको लागी दबाब शृजना स्बरुप हस्ताक्षर सङ्कलन गरिएको थियो भने सो कार्यक्रममा श्रमिक अधिकार सुनिस्चित हुनु पर्ने ,अस्थाई श्रमिकलाई स्थाई गर्नु पर्ने ,श्रमिकलाई गरिने भेदभाव ,शोषण दमनको अन्त्य हुनु पर्ने लगायतको बिभिन्न माग गर्दै प्रहरी प्रधान कार्यालय अगाडी पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

(तस्वीरमा हस्ताक्षर संकलन गर्दै एम.टि.यु. General Secretary मधुसुदन ओझा)

कार्यक्रममा, श्रमिक वैधानिक वा अवैधानिक जुन सुकै अवश्थाको भए पनि मान्छेको वाँच्न पाउने अधिकारलाई कसैले कुनै पनि परिस्थितीमा हनन गर्न नहुने कुरा प्राथमिकतामा राखिएको थियो। यसरी कोरियामा अवैधानिक रुपमा बस्दै आएका प्रवासी श्रमिकहरुलाई कोरियाको अध्यागमनले निकै कडाइका साथ खोजी-खोजी स्वदेश फर्काउने गर्दछ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here