कोरियाली पूर्व राष्ट्रपतिलाई ३२ बर्ष जेल सजाय

10204

भ्रष्ट्राचारको  मुद्वा खेपी रहेकी दक्षिण कोरियाली पुर्ब  राष्ट्रपति पार्क ग्युन हे लाइ यहाको जिल्ला अदालतले  सुक्रबार थप ८ वर्षको सजाय सुनाएको छ l सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपेको हो। उनले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो।

यसअघिनै उनलाई २४ वर्षको जेल सजाय भएको थियो। उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल १ करोड ७० लाख अमेरिकी डलर बराबरको जरीवनाको सजाय सुनाइएको थियो।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ। पूर्वराष्ट्रपति हाई थुनामै रहेका छन्। सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। त्यसयतादेखिनै उनी थुनामै रहँदै आएका छन्।

उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए। पार्क ६६ वर्षकी छिन्। उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति भएकी थिइन्। उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो।दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन्।

प्रतिक्रियाहरू