कोरियाली युद्धका केही रहस्य, जहाँ विश्वयुद्धमा भन्दा धेरै बम खसालिएको थियो

1880

७० वर्षअघि यही साता, १ लाख ३५ हजार भन्दा धेरै उत्तर कोरियाली सैनिकहरुले दक्षिण कोरियामाथि हमला गरे । त्यस क्रममा लाखौँ मानिसको ज्यान गयो । त्यो युद्ध देखेका र भोगेकामध्ये केही अझै जीवीत छन् ।

तर दोस्रो विश्वयुद्धको चर्चाले पाँच वर्षसम्म चलेको दुखद् कोरियाली युद्ध बिर्सिएको जस्तै बनेको छ । अमेरिकी सेनाले समेत यसलाई बिर्सिएको युद्धको रुपमा हेर्ने गर्छ । जब कि, ३६ हजार अमेरिकी सैनिक कोरियाली युद्धमा मारिएका थिए ।

अमेरिका सहित १६ देशले आफ्ना सैनिक युद्धमा दक्षिण कोरियाको सहयोगका लागि पठाएका थिए । चिनियाँ सेनाले भने उत्तरको पक्षमा उपस्थिति जनायो । २५ जुन, १९५० मा युद्ध स्थगित भयो र २७, जुलाइ १९५३ मा सैन्य सम्झौता अनुरुप युद्ध रोकियो । तर युद्ध औपचारिक रुपमा कहिल्यै बन्द भएन । किनकि, त्यहाँ शान्ति सम्झौता कहिल्यै भएको थिएन ।

२०१८ मा एक दिनको सम्मेलनका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन र उत्तरका नेता किम जोङ उनले कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य गर्ने र शान्ति सम्झौताको लागि प्रतिवद्धता जनाएका थिए ।

तर अमेरिकालाई उत्तरले आणविक बमको चेतावनी दिएसँगै, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरले आणविक हतियार बन्द गर्नुपर्ने अडान लिएसँगै कोरियाली युद्ध अन्त्यको मुद्दा पनि उत्तिकै सेलायो ।

ट्रम्पले भने उत्तर कोरियाली नेता किमसँग तीन पटकसम्म भेटवार्ता गरे । र गत वर्ष ट्रम्प नै कम्युनिष्ट मुलुकमा पाइला हाल्ने पहिलो अमेरिकी राष्ट्रपति बने । हाल अमेरिका र उत्तर कोरियाबीचको द्धन्द्धले गर्दा अझै कोरियाली युद्धको उपेक्षा गरिएको छ । कोरियाली युद्धबारे सार्वजनिक रुपमा महत्व नपाएका केही तथ्य :

प्योंग्यांग सहर अमेरिकी सेनाको नियन्त्रणमा :

अमेरिकीहरुका लागि उत्तर कोरिया वा यसको राजधानीमा प्रवेश गर्नु असम्भव जस्तै छ । कोही पनि अमेरिकी पासपोर्टधारीलाई यहाँ अनुमति विना प्रवेश निषेध छ । तर १९५० मा केही हप्तासम्म प्योंग्यांग अमेरिकी सेनाको नियन्त्रणमा थियो ।

त्यस वर्षको १९ अक्टोबरमा अमेरिकी सेनाले यहाँ अखडा नै जमायो । तर यो कब्जा अल्पकालिन मात्रै थियो । जब १९५० को नोभेम्बरको अन्त्यमा चिनियाँ सेना त्याँ प्रवेश गर्यो, अमेरिकी सेना दक्षिणतर्फ पुगे ।

दोस्रो विश्वयुद्धमा भन्दा धेरै बम :

कोरियाली युद्धका धेरैजसो तस्बिर चोसिन बाँध र इन्चोन क्षेत्रका हुन् । तर धेरैजसो क्षति अमेरिकी सेनाबाट बम अभियानको क्रममा भएका थिए । कोरियाली युद्धको तीन वर्षको अवधिमा अमेरिकी विमानले उत्तरमा ६ लाख ३५ जार टन बम खसालेको थियो ।

इतिहासकार चाल्र्स आम्र्सटंगले एसिया प्यासिफिक जर्नलमा उल्लेख गरे अनुसार दोस्रो विश्वयुद्धमा अमेरिकाले खसालेको बम ५ लाख टनभन्दा धेरै कोरियाली युद्धमा खसालेको थियो ।
यतिसम्म कि, उत्तरले आफ्ना नागरिकलाई घर र आश्रयस्थलका लागि जमिनमा सुरुङ बनाउन सल्लाह दियो । यस क्रममा उत्तरले घाइतेहरुको सूची नै सार्वजनिक गरेको थिएन ।

उत्तर कोरिया सोभियत संघ र जोसेफ स्टालिनलाई युद्ध अनुमति

दोस्रो विश्वयुद्ध जब रोकियो, जापानी सेनाले नियन्त्रणमा लिएको कोरियन प्रायद्धिपको क्षेत्र उत्तरलाई सोभियत संघ र दक्षिणलाई अमेरिकातर्फ विभाजित बन्यो । उत्तरका नेता किम इल सङ दुई कोरियाली क्षेत्रलाई कम्युनिष्ट शासन मातहत ल्याउन चाहन्थे । र सोभियत नेता जोसेफ स्टालिनलाई नेतृत्व दिन चाहन्थे ।

१९४९ को मार्चमा उनले पहिलो पटक आग्रह गरेका थिए । स्टालिन सावधान थिए र अमेरिकासँग द्धन्द्ध गर्न तयार थिएनन् ।

कोरियाली युद्धले सम्भावित कम्युनिष्ट हस्तक्षेपबाट बचायो :

१९४९ मा कम्युनिष्ट देश चीनले ताइवानमा आक्रमण गर्न तटीय क्षेत्रमा सेनाहरु भेला पारेको थियो । तर उक्त टापुबाट चियाङ काइ सेक र उनका राष्ट्रवादी सेनाहरु चिनियाँ नेता माओ त्सेतुङसँग हारेपछि भागे । तर अमेरिकाले चीन र ताइवानको बीच समुद्री सीमामा सेना पठायो । तर चीनले आफ्ना १ लाख ८० हजार भन्दा धेरै सैनिक गुमायो ।

अमेरिकाले कहिल्यै युद्ध घोषणा गरेन :

अमेरिकाले कोरियाली क्षेत्रमा कहिल्यै युद्ध घोषणा गरेन । तर १९५० देखि ५३ सम्मको अवधिमा कोरियाली प्रायद्धीपमा लाखौँको ज्यान गयो । अमेरिकी संविधान अन्तर्गत अमेरिकी संसदले अर्को देशमा युद्ध घोषणा गर्नसक्छ । तर यो युद्ध घोषित थिएन ।

१९५० मा जब उत्तर कोरियाले दक्षिणमा हमला गरेको थियो, अमेरिकी तत्कालिन राष्ट्रपति यारी ट्रमानले सिधै अमेरिकी सेना कोरियाली क्षेत्रको युद्धमा पठाए । १५ वटा अरु देशले पनि यहाँ सेना पठाएका थिए । तर ट्रमानले औपचारिक घोषणाको कुनै उपाय खोजेनन् ।अन्नपूर्ण पोष्ट

प्रतिक्रियाहरू