कोरियाली संस्कृति र सभ्यता सम्वन्धी ४ बुँदाहरु

0
555

देश विदेशको भ्रमण गर्नु भनेको अन्य देशका मानिसहरुको संस्कृति कस्तो छ भन्ने कुराको अनुभव गर्ने एउटा अवसर हो । यसले तपाईंमा धेरै किसीमको प्रभाव पार्न सक्छ । यसले तपाईं बसेको स्थानको संस्कृतिलाई माथि उठाउन हौसला प्रदान गर्दछ र तपाईंको संस्कृतिमा भएका पक्षहरुलाई तपाईंको जीन्दगीको फाइदा अनुकुल समायोजन गर्न सिकाउँछ । परिणाम जे सुकै होस् तपाईं अरुको संस्कृतिको सकारात्मक र नकारात्मक पक्षहरुको बारेमा सजग हुँदै राम्रा पक्षहरुलाई आफ्नो उदेश्य अनुरुप उचित प्रयोग गर्नु आवश्यक छ । दक्षिण कोरियाली संस्कृतिमा उपयुक्त हुने केही समाग्रीहरु बुँदागत रुपमा तल उल्लेख गरिएको छ ।

१. यदि तपाईं कोरियन साथीलाई सानो उपहार लिएर जाँदै हुनुहुन्छ भने
यदि तपाईं कोरियन साथीलाई सानो उपहार लिएर जाँदै हुनुहुन्छ भने तपाईंलाई उनीहरुले उपहारको सट्टामा उपहार स्वरुप अरु केही दिन सक्छन् र तपाईंले सो उपहारलाई हार्दिकतापूर्वक स्वीकार गर्नुपर्छ ।

-- Ad --


२. जुत्ता पुकाल्न नबिस्रनुस्
कोरियाली सभ्यता अनुसार उनिहरुको घरमा प्रवेश गर्नुअघि जुत्ता फूकाल्नुपर्ने प्रचलन रहिआएको छ । यो आदरपूर्ण व्यवहार हो । जसले कसैको आवासमा प्रंशसापूर्वक स्वागत गर्न मदत पुर्याउँछ ।

३. व्यापारिक वातावरणमा आँखा नजुधाउनु राम्रो हुन्छ
कोरियालीहरुसँग व्यापारिक जमघट हुन्छ र उनीहरु तपाईंभन्दा माथिल्लो पदमा छन् भने उनीहरुसँग आँखा नजुधाउनु वेश हुन्छ । आँखा जुधाउनु भनेको उनीहरुलाई आदर नगर्नु र उनीहरुको उपलब्धिलाई अपमान गर्नु सरह हो ।

४. कोरियाली नागरिकहरुसँग हात मिलाउँदा विचार पुर्याउनु पर्ने कुरा ।
पश्चिमा देशहरुमा हात मिलाउनुलाई दरिलो आत्मविश्वासको रुप मानिए पनि कोरियाली नागरिकहरुले यसलाई अली फरक ढंगले लिएको पाइन्छ । उनीहरुले हात मिलाउनुलाई आफ्नो आत्मसम्मानमा ठेस पुगेको महसुस गर्छन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here