कोरियाले अनिवार्य इन्डोर मास्क प्रणालीलाई अझै ३ महिना थप गर्ने

152

कोरिया सरकारले आगामी थप तीन महिनाकोलागि हालको इन्डोर मास्क प्रणाली कायम राख्ने  भएको छ l

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (KDCA) को कोभिड-१९ विशेष प्रतिक्रिया टोलीका प्रमुख चुङ की-सेओकले सोमबार नियमित ब्रीफिङमा बोल्दै अनिबार्य इन्डोर मास्क अबबाट तीन महिना थप गरिएको बताए l आगामी ३ महिना पश्चात अबस्था हेरिकन आंशिक रूपमा हटाउन सकिने समेत बताए l

इन्डोर मास्क भन्नाले कोरियाले हाल सम्म सार्वजनिक यातायात , अस्पताल , सरकारी कार्यालयहरु, बैंक लगाएतका भित्री ठाउँहरूमा अनिबार्य रुपमा मस्क लगाउनु पर्ने नियम लगाएको छ l बाहिरि स्थानहरुमा भने मस्कको अनिवार्यतालाई आंशिक रुपमा  हटाएको छ l