कोरियाले आफ्ना नागरिकलाई ६ वटा देशमा भ्रमण नगर्न दियो कडा सुझाब

2711

दक्षिण कोरियाले ६ वटा मुलुकको भ्रमण नगर्न आफ्ना नागरिकलाई कडा सुझाव दिएको छ । कोरिया सरकारले सिंगापूर, जापान, ताइवान, मलेशिया र भियतनामको भ्रमण नगर्न यस्तो सुझाव दिएको हो । एशिया महादेशभर नोबेल कोरोनाभाइरसको प्रकोप बढ्दै जादाँ कोरिया भित्र थप फैलिन नदिन नागरिकलाई यात्रा नगर्न केन्द्रीय विपत् मुख्यालयले आग्रह गरेको छ । आइतबार विश्व स्वास्थ्य संगठन डब्लुएचओले ६ मुलुकलाई भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएको थियो ।
यसैबीच दक्षिण कोरियाले कोरोनाभाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तको वुहानमा रहेका आफ्ना नागरिकको तेस्रो पटक चार्टर बिमान कोरिया ल्याएको छः l १४० जनाको संख्यामा रहेका उनीहरु बुधबार बिहान किम्पो विमानस्थलमा ओर्लिएका छन् l दक्षिण कोरियामा कोरोनाभाइरसबाट अहिले सम्म २८ जना संक्रमित भइसकेका छन् ।

प्रतिक्रियाहरू