कोरियाले खुकुलो पार्दै दक्ष कामदार ( E7) भिषाको दायरा , बार्षिक कोटामा समेत बृद्वी

4960

दक्षिण कोरियाले दक्ष कामदार अर्थात E7 भिषाको दायरा खुकुलो पार्ने भएको छ l बिसेष गरि साना तथा मझौला कम्पनिहरुमा दक्ष कामदारको माग अत्यधिक बढ्न थालेपछि भिषाको नियम खुकुलो पार्न लागेको न्याय मन्त्रालयले बताएको छ l

आगामी मार्च १ तारिख देखि लागु हुने उक्त  भिषा सम्बन्धि नया नियम अनुसार कुनै पनि बिदेशी कामदारले दक्षता हासिल गर्न  ८५ वटा क्षेत्र  छुट्टाइएको छ l यसभन्दा पहिला केहि सिमित  दायरामा मात्र  तोकिएको थियो l
उक्त भिषाको निमित्त निबेदन दिन भाषाको दक्षता संगै यसरी तोकिएको क्षेत्र  मध्ये कुनै एक  क्षेत्रमा दक्षता हासिल गरेको हुनु पर्ने छ l

त्यसैगरी मार्च १ तारिख देखि  E7 भिषाको कोटामा समेत बृद्वी गरेको बताएको छ l यसभन्दा पहिला बार्षिक रुपामा  E7-4  भिषाको कोटा ६ सय रहेकोमा   त्यसलाई बृद्वी गरि एक हजार पुर्याएको छ भने E7 भिषाको कोटा बार्षिक १ सय बाट बृद्वी गरि ३ सय पुर्याइएको छ l त्यसैगरी आबस्यक पर्ने न्युनतम आयमा पनि केहि खुकुलो पारिएको छ l

त्यस्तै अन्य क्षेत्र , जस्तै यस भन्दा पहिला  ४९ जना कोरियान कामदार भएको कम्पनीमा मात्र १ जना बिदेशी कामदारले उक्त भिषा पाउन सक्ने प्राबधान लाइ हटाएर प्रति ९ जना कोरियन कामदार भएको कम्पनिमा १ जनाले  भिषाको लागि निबेदन दिन सक्ने ब्याबस्था गरिएको छ  भने १ सय जना कोरियन कामदार हुने कम्पनीमा ५ जना सम्म विदेशीले दक्ष कामदार भिषाको निमित्त  निबेदन दिन सक्ने छन् l

त्यसैगरी उक्त नियमाअनुसार  प्रमाणपत्र प्राप्त बिदेशी कुक , कोरियामै जन्मिएर  हाइ स्कुल लेबल सम्म पास गरिसकेका बिदेशी  बच्चाबच्चीले समेत उक्त भिषा प्राप्त गर्न सक्नेछन l

यसरि भिषाको दायरा खुकुलो पारिएपछी कोरियाका साना तथा मझौला कम्पनिहरुमा दक्ष कामादारको अभाब बिस्तारै हट्दै जाने तथा सम्पूर्ण कामदारको  न्युनतम ज्याला बराबर हुने हुदा यौटै ज्यालामा दक्ष कामदार पाउदा कम्पनीलाई आर्थिक भार समेत कम हुने न्याय मत्रालयको बुझाइ छ l

प्रतिक्रियाहरू