कोरियाले प्रवासी कामदारको ३० प्रतिशत सम्म न्युनतम ज्याला काट्न पाउने नियम ल्याउने तयारि

1673

कोरियन सांसदद्वारा प्रवासी श्रमिकलाई फरक न्युनतम ज्याला दिन पाउने कानुन बनाई पारितको लागि पेश गरिएको छ l

संसदको  कानुन समितिका  सांसद ई ह्वान यंग लगायत १४ जना सांसदहरुले गत ८ तारिक प्रवासी श्रमिकलाई कोरियन श्रमिकलाई भन्दा फरक ज्याला (कम ज्याला) दिन पाउने कानुन बनाई पारितको  लागि पेश समेत  गरेको छ l

उक्त कानुन पास भएमा  इपिएस अन्तर्गत प्रवेश गरेकका  श्रमिकलाई कम्पनी मालिकले पहिलो बर्षमा ३० प्रतिशत र दोश्रो बर्षमा २० प्रतिशत तलब रकम कम दिन पाउने छन l  सांसदको अनुसार २ बर्षको अवधिमा न्युनतम ज्याला धेरै वृद्धि भएकोले कम्पनीहरुलाई तलब दिन भार भएको कारण कम्पनी बन्द हुने अवस्थामा पुगेको हुनाले प्रवासी श्रमिक राखेर काम लगाउने कम्पनीहरुलाई पर्ने आर्थिक भार कम गराउन यस्तो कानुन बनाउनु परेको भनिएको छ l

यो भन्दा पहिला गत बर्ष कम्पनी ब्यबसायीहरुले प्रवासी श्रमिकले कोरियनको तुलनामा कम काम गर्ने ,उत्पादन कम गर्ने उचित सिप नहुने भएकोले धेरै तलब दिन नसक्ने भन्दै  तलब घटाउन माग गरेका थिए lहाल  आएर बिपक्षि पार्टी हानकुक दलको सांसदहरुले कानुन बनाई पारितको लागि पेश गरेकाछन l

प्रत्येक प्रवासी श्रमिकलाई समान ज्याला पाउने अधिकार छ  कोरियामा भन्दै  यसरि हुने  भेदभाब पूर्ण कानुनको प्रवासी मजदुर संगठनले पटक पटक बिरोध गर्दै आई रहेको छ l यसकोलागि सबै श्रमिक एक जुट भई आवाज उठाउन युनियनका अद्यक्ष उदय राइले अनुरोध  समेत गरेका छन  l
श्रोत : उदय राइ

प्रतिक्रियाहरू