कोरियाले बेरोजगार युवालाई प्रतिमहिना ५ लाख वोन भत्ता दिने

1610

दक्षिण कोरियामा  बेरोजगारी संख्या बढ्न थालेपछि सरकारले युवा बेरोगागार भत्ता दिने तयारि गरेको छ l श्रम तथा रोजगार मन्त्रालयका अनुसार यो बर्ष सरकारले ८० हजार युवालाई मासिक प्रति ब्याक्ति ५ लाख कोरियान वोन भत्ता दिने छ l यसरि बेरोजगार भत्ता पाउनेमा १८ बर्ष देखि ३४ बर्ष सम्मका युवा समुह रहने छन् l उच्च शिक्षा अध्यन पुरा गरि २ बर्ष सम्म रोजगारी नपाएका युवाले मात्र  छ महिना सम्म बेरोजगार भत्ता पाउने छन् l

मन्त्रालयका अनुसार यहि मार्च २५ तारिख देखि आबेदन खुल्ला गरिएको उक्त भत्ता प्रक्रियाको लागि परिवारमा सरकारले तोकेको मापदण्ड भन्दा कम आय भएका युवा समुह मात्र  बेरोजगारी भत्ताको लागि योग्य ठहरिने छन l त्यस्तै हप्तामा २० घण्टा  भन्दा कम पार्टटाइम काम गर्ने युवाले पनि उक्त भत्ता पाउन सक्ने बताइएको छ l

कोरियामा गत फेब्रुरी युवा बेरोजगारि दर (१५ देखि २९ बर्ष समुहका ) ९.५ प्रतिशत रहेको एक सरकारी तथ्यांकले देखाएको छ l

मन्त्रालयले अनुमानित ८० हजार युवा बेरोजगारी भत्ताको लागि १५८ .२ बिलियन वोन बजेट छुट्ट्याएको बताएको छ l

एजेन्सी

प्रतिक्रियाहरू