कोरियाले मदिरा सेवन सम्बन्धि नीति ल्याउदै , सार्बजनिक स्थल हरुमा कडाइ गरिने

0
1990

दक्षिण कोरियाले सन् २०२० देखि लागु हुनेगरी मदिरा सेवनमा कडाइ गर्ने   नीति ल्याउने भएको छ l सार्बजनिक स्थल हरुमा मदिरा सेवनको कारण अपराध बढ्नुका साथै शान्त बाताबरण समेत खलबलिएको भन्दै सो नीति ल्याउन लागेको हो l
स्वास्थ्य कल्याण मन्त्रालय भनेको छ कि “हाल जसरि धुम्रपान निषेधित क्षेत्र हरु तोकिएको छ, नयाँ नीतिले त्यसैगरी  मदिरा सेवन निषेधित क्षेत्रको घोषणा गर्ने छ “l
सो नीतिले  सरकारी कार्यालय, बैंक ,अस्पताल ,पुस्तकालय ,स्कूल तथा सार्बजनिक महत्वका क्षेत्र हरुमा  कुनै पनि मदिरा सम्बन्धि बस्तु हरु लैजान वा पिउन निषेध गर्ने छ l त्यसैगरी स्थानीय सरकारले पनि आबस्थक ठानेमा आफ्नो क्षेत्र भित्र पर्ने पार्क हरुमा समेत निषेध गर्न पाउने छ l
कोरिया सरकारले सन् २०१२ देखि २०१५ सम्म पनि सार्बजनिक स्थल हरुमा मदिरा निषेधित गरेको भएता पनि ब्यापक जनविरोध पछी फिर्ता गरेको थियो l
गत सेक्टेम्बरमा एउटा अध्यन पछी सार्बजनिक गरिएको तथ्यांकअनुसार ९४.३ प्रतिशत कोरियन हरुले स्कूल क्षेत्रको नजिकै मदिरा पिउन निषेधित गर्नु पर्ने बताएका थिए भने ९३.२ प्रतिशतले मदिरा सेवन गरेको व्याक्तिका कारण आफुहरुलाइ अफ्थ्येरो परेको बताएका थिए l
त्यसैगरी  सरकारले मदिरा सेवन सम्बन्धि  बिज्ञापन हरुमा पनि थप कडाइ गर्ने बताएको छ l जसअनुसार के – पप स्टार ,तथा कुनै पनि सेलिब्रेटी बाट मदिरा सेवन सम्बन्धि बिज्ञापन बन्द गर्ने , मदिराको कारण लाग्ने रोग हरुको बारेमा स्पस्ट खुल्ने गरि बिज्ञापन गर्ने , टेलिभिजनमा बिहान ७ बजे देखि बेलुका १० बजे सम्म मदिरा सम्बन्धि बिज्ञापन बजाउन नपाउने आदि कुरा हरुलाई समाबेश गर्ने छ l
कोरियाको तथ्यांकलाइ हेर्दा मदिरा सेवनकै कारण दैनिक १३ जनाको ज्यान जाने गरेको छ l  सन् २०१७मा मात्र ४ हजार ८ सय ९ जनाको मदिरा सेवनकै कारण ज्यान गएको छ l यसरि ज्यान गुमाउनेमा ५० बर्ष उमेर माथिका सबैभन्दा धेरै छन l

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here