कोरियाले शरणार्थी भिषामा कडाइ गर्दै , नक्कली कागजपत्र बनाउने एक युक्रेनियन महिलालाई १४ महिनाको जेल सजाय

2012

पछिल्लो समय कोरियाले शरणार्थी भिषामा कडाइ गरेको छ l बिसेष गरि इपिएस मार्फत कोरिया आइ आफ्नो भिषा अबधि समाप्त भैसकेपछि शरणार्थीको रुपमा बस्नेको संख्या बढेपछी यसमा  कडाइ गर्न लागेको हो l

यसैबीच  नक्कली कागजपत्र बनाइ बिदेशी कामदारलाइ शरणार्थी भिषाको लागि निबेदन तयार गर्ने   एक युक्रेनियन महिलालाइ  मंगलबार जिल्ला अदालत इन्छनले १४ महिनाको जेल सजाय सुनाएको छ l ३३ बर्षिया ति महिलाले बिभिन्न देशका E 9 तथा   B 1 भिषाका कामदार हरुलाई भिषा अबधि समाप्ति पश्चात नक्कली कागजपत्र बनाइ  शरणार्थी भिषाको लागि निबेदन तयार गर्दै आएको बताइएको छ lकोरिया टाइम्सका अनुसार ति महिलाले नक्कली कागजपत्र बनाए बापत प्रति ब्याक्ति २० लाख कोरियन वन लिने गरेकी थिइन  l

उनले सन्  २०१७ को मार्च देखि  जुन २०१८ सम्म ५७ जना बिदेशी कामदारको नक्कली शरणार्थी डकुमेन्ट तयार गरेको जनाइएको छ l यसरि शरणार्थी भिषाको लागि निबेदन दिनेमा अधिकांस  E 9 तथा   B 1 भिषावाला छन l
उनले तयार गरेको डकुमेन्टमा आफ्नो  देशमा हत्या हिँसा ,बलात्कार ,मानब तस्कारी आदिका कारण  बस्न नसक्ने अबस्था रहेको उल्लेख छ l मंगलावार जेल सजाय सुनाउदै जिल्ला अदालत इन्छनका न्यायाधिश जुङ वोन सुकले यस्ता नक्कली शरणार्थीका कारण समाजमा नकारात्मक संदेश बढ्नुका साथै बास्तबिक शरणार्थीले आबस्यक सहयोग नपाउने हुदा यसमा कडाइ गर्नु पर्ने बताए l

दक्षिण कोरियाले संयुक्त राष्ट्रसंघको महासभामा हस्ताक्षर गरे बमोजिम देशमा   रहेका कुनैपनि देशका नागरिकलाई आफ्नो देश फर्किने अबस्था नरहेमा उक्त नागारिकाको सुरक्षार्थ कम्तिमा पनि १ बर्षको लागि   शरणार्थी भिषा दिदै आएको छ l हाल निबेदन दिएका मध्ये ४ प्रतिशतले शरणार्थी भिषा पाएका छन l

यसैगरी कोरियामा  आफ्नो देश फर्किने अबस्था नरहेको भन्दै शरणार्थी भिषाको निबेदन दिने नेपालीको संख्या बढेपछी सियोल स्थित नेपाली दुतावासले कडाइ गरेको छ l हालको  अबस्थामा पनि  देश फर्किने स्थिति छैन भन्दै शरणार्थी भिषाको लागि निबेदन दिने नेपाली हरुको लागि राहदानी नबिकरण लगाएतका अन्य कागजपत्र हरुको काम रोकिदिएको उपनियोग प्रमुख किरण शाक्यले बताए l” तर स्वदेश फर्किन्छु भन्नेको लागि भने ट्राभल डकुमेन्टसहरु रोकिदैन”  उनले भने l

 

 

 

प्रतिक्रियाहरू