कोरियाले यहि महिना भित्र सार्बजनिक बसमा वाइफाई निशुल्क गर्दै

1147

दक्षिण कोरियामा सार्बजनिक बसमा वाइफाई निशुल्क हुने भएको छ l यात्रुको सुविधालाई मध्यनजर गर्दै  पहिलो चरणमा यहि महिना भित्रै देशभरका  ४ हजार २ सय  सार्बजनिक बसहरुमा निशुल्क वाइफाई सेवा प्रदान गर्न लागिएको बिज्ञान तथा प्रबिधि मन्त्रालयले जनाएको छ l
मन्त्रालयका अनुसार  प्रति एक बसलाई  प्रति महिना १ सय जिगावाइटको डाटा प्रदान गरिने छ l यसरि वाइफाई जडित बसहरुमा” निशुल्क वाइफाई सेवा ” लेखिएका स्टिकर हरु समेत टासिने बताइएको छ l
त्यसैगरी दोस्रो चरण अन्तर्गत यहि बर्ष भित्रै  १९ हजार ८ बसमा उक्त सेवा प्रदान गरिने समेत जनाइएको छ l मन्त्रालयले  निशुल्क वाइफाई सेवा प्रदान गरिने देश भरका १३ हजार क्षेत्र समेत निर्धारण गरेको छ l
यसरी निशुल्क वाइफाई सेवाले सार्बजनिक बसको गुणस्तर बढाउनुका साथै यात्रु सुरक्षामा थप टेवा पुग्ने मन्त्रालयको बुझाइ छ l
योंघाप

प्रतिक्रियाहरू