कोरियाले २०१९ मा ५६ हजार विदेशी कामदार ल्याउने

3749

रोजगारीका लागि दक्षिण कोरिया आउन इपिएस भाषा परीक्षा पास गरी श्रम संझौताको प्रतिक्षामा रहेका नेपाली कामदारहरुका लागि खुशीको कुरा छ ।

कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१९ का लागि ५६ हजार कोटा निर्धारण गरेको छ ।

जसमध्य ४३ हजार जना नयाँ कामदार र १३ हजार कोरिया आई पुन प्रवेश गर्नेका लागि छुट्याइएको छ ।

आप्रवाशी मजदुर कार्यान्वयन समितिले मंगलबार उक्त निणर्य गरेको हो । यो आप्रवाशी कामदार कोटा इपिएस लागु भएका १६ मुलुकका लागि हो । निर्धारित कोटा अक्टोबरसम्ममा ल्याइने छ ।

साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक अदक्ष कामदार आपूति गर्न सरकारले आप्रवाशी कामदारका लागि कोटा तथ गरेको मन्त्रालयले जनाएको छ ।

तय गरिएको कोटामध्य ६० प्रतिशत उत्पादनमुलक क्षेत्रमा र ४० प्रतिशत कृर्षि तथा पशुपालन, माछापालन, निर्माण र सेवाका लगि तोकिएको छ ।

उत्पादनमुलक क्षेत्रमा जनवरी, अप्रिल, जुलाई र अक्टोवरसम्ममा २८ हजार ८८० जना आप्रवाशी कामदार ल्याइने छ ।
त्यस्तै, कृर्षी तथा पशुपालन क्षेत्रमा जनवरी, अप्रिल र अक्टोबरमा ५ हजार ४५० कामदारका दरले १६ हजार ३५० जना ल्याइने छ ।

निर्माण र मत्स्यपालनका लागि जनवरी, अप्रिल र जुलाइमा ४ हजार ५८० कामदार ल्याइने छ ।
त्यसैगरि सेवा क्षेत्रका लागि ९० कामदार ल्याइने छ ।

नेपालीका लागि उप्पादनमुलक र कृर्षि क्षेत्रमात्र हो । निर्माण, मत्स्यपालन र सेवा क्षेत्रमा नेपालीलाई अनुमति छैन ।

 

कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१२ का लागि ५७ हजार, २०१३ का लागि ६२ हजार, २०१४ का लागि ५३ हजार, २०१५ का लागि ५५ हजार, २०१६ का लागि ५५ हजार, २०१७ का लागि ५६ हजार र २०१८ का लागि ५६ हजार कोटा निर्धारण गरेको थियो । मन्त्रालयले मुलुकको आर्थिक अवस्था र आन्तरिक श्रम बजारको मूल्याङ्कनको आधारमा कोटा निर्धारण गदर्छ ।

सन् २०१७ को एक तथ्याङ्क अनुसार कोरियामा आप्रवासीको संख्या २१ लाख ८० हजार ४ सय ९८ रहेको छ । जसमध्य नेपालीहरु ३६ हजार ६२७ जना कोरियामा कार्यरत छन् ।

त्यस्तै, पछिल्लो ७० वर्षमा १ लाख ९० हजार आप्रवाशीले कोरियाको नागरिकता पाएका छन् ।

निकुञ्ज तिवारी
इन्छन, दक्षिण कोरिया १९ डिसेम्बर २०१८

 

प्रतिक्रियाहरू